बागलुङ । बागलुङको अमलाचौर जन्मघर भएकी शिक्षासेवी एवं समाजसेवी शान्ता शर्माले स्थानीय आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक सहयोग गरेकी छिन् । शर्माले आफ्नो खाजा खर्च कटाएर जम्मागरेको रकमले बागलुङ नगरपालिका वडा नं. १२ अमलाचौरको ढकालथरमा रहेको जनचेतना प्राथमिक विद्यालयको विद्यार्थीलाई पोशाक वितरण गरेकी हुन् । विद्यालयमा बुधबार एक कार्यक्रम आयोजना गरी ३० जना विद्यार्थीहरुलाई पोशाक वितरण…