नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाभित्र स्थानीय एक ब्यक्तिमा डेंगु रोगको संक्रमण देखिएसँगै उपमहानगरले लामखुट्टे नष्ट गर्ने अभियान शुरु गर्ने भएको छ । आइतबार मात्र नेपालगञ्जको बसपार्क क्षेत्रमा बसोबास गर्ने एकजनामा डेंगु देखिएको थियो । स्थानीयमा डेंगु देखिएपछि अन्य ब्यक्तिमा सर्न नदिनका लागि डेंगु सार्ने लामखुट्टे नष्ट पार्ने कार्यक्रम सञ्चालन गर्न थालिएको उपमहानगरको स्वास्थ्य महाशाखाले जनाएको छ…