खोटाङ । प्रसव व्यथासम्बन्धी समस्या देखिएका खोटाङका तीन जना महिलालाई एकै दिन राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गतको हवाई सेवाबाट खर्च व्यहोर्ने गरी उद्धार गरिएको छ । प्रसव व्यथाले स्वास्थ्यमा गम्भीर समस्या देखिएका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका- १ दिक्तेलकी २३ वर्षीया दीपा आचार्य, साकेला गाउँपालिका- ५ मात्तिमकी २४ वर्षीया सुनिता राई र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका- १…