पोखरा । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस पोखरामा देशमै पहिलोपटक चट्टान तथा सुरुङ (रक एण्ड टनेल) इन्जिनियरिङको पढाइ शुरु भएको छ । सुरुङ इन्जिनियरिङका लागि आवश्यक दक्ष जनशक्ति स्वदेशभित्रै उत्पादनको लक्ष्यसहित स्नातकोत्तर तहमा यस वर्षबाट सो कार्यक्रमको पढाइ शुरु गरिएको हो । सिभिल इन्जिनियरिङमा स्नातक पास भई इन्जिनियरिङ अध्ययन संस्थानले लिएको प्रवेश परीक्षामा…