२८ बैशाख २०८३, सोमबार | May 11, 2026

भ्यालेन्टाईनको अवसरमा होटल हिडेन प्यालेसले ल्यायो हरेक जोडीलाई विशेष अफर



बुटवल । भैरहवामा सञ्चालनको तयारीमा रहेको अन्तरराष्ट्रिय विमानस्थललाई लक्षित गर्दै तिलोत्तमा वडा नं -७, भलबारीमा सुभारम्भ भएको होटल हिडेन प्यालेस प्रालिले सञ्चालनको प्रारम्भमा नै भ्यालेन्टाईन विशेष अफर संचालन गरेको छ ।

अत्यायाधुनिक सेवासहित सुभारम्भ भएको होटलको औपचारिक शुभारम्भमा भ्यालेन्टाईन विशेष अफर राखेको हो । भ्यालेन्टाईन मनाउन होटलमा आउने हरेक जोडी पाहुनालाई विशेष प्याकेजको अफर रहेको होटलले जनाएको छ ।

भ्यालेन्टाईन मनाउने हरेक जोडीको प्रणय दिवस यादगार रहोस् भनेर अफर राखिएको होटलका प्रबन्ध निर्देशक आभुषण खनालले बताए । हाल स्टारको बैधानिकता नलिएपनि स्टार स्तरको सेवा दिने लक्ष्यसहित पुर्वाधार निमार्ण गरिएको उनले बताए ।

बिस २०७० मा सामान्य पार्टी प्यालेसका रुपमा शुरुवात भएको कारोबारलाई अहिले सेवा बिस्तार गरि सुविधा सम्पन्न होटल संचालनमा ल्याएको हो । ब्यवस्थापन र होटल सेवामा राम्रो ज्ञान बटुलेका युवाद्घारा होटल शुरुवात गरिएको संचालकहरुको दाबी छ । होटलको आकर्षक मेन बिल्डिङ साढे ३ कठ्ठा क्षेत्रफलमा रहेको छ । यसैगरि कुल १० कठ्ठा जग्गा लिजमा पुर्वाधार बनाईएको प्रालिका कार्यकारी अध्यक्ष भुवन शर्मा खनालले बताए । ‘हालसम्म १७ करोड रुपैया लगानी भएको छ ।’- उनले भने । होटल फुलफेजमा संचालनमा आउदा लगानी अझ बढ्ने उनले बताए ।

होटलमा २ वटा डिलक्स जुनियर स्विट, ९ वटा क्विन बेड, २३ वटा टुईन बेड गरि ३४ वटा कोठा कछन । शुभकार्यमा कार्यक्रम संचालन गर्न होटलमा अल डे डाईनिङ रेष्टुरेन्ट, सेमिनार हल समेत निर्माण सम्पन्न भएको छ ।

बैशाखसम्म ३६० भ्यु बार हाउस (डोम), ब्याङक्वीट हल, स्विमिङ पुल, बेकरी (पाउरोटी पसल) लगायत संरचना निर्माणको चरणमा छन । आगामी वर्ष हेल्थ क्लब, जिम हाउस, फनपार्क लगायत संरचना बनाउने लक्ष्य रहेको अध्यक्ष अन्जु शर्मा खनालले बताईन । नेपाली उत्पादनलाई प्राथमिकता दिईएको उनले बताईन । होटलमा प्रयोग भएका कुर्चि, टेबल स्थानिय आवास स्टीलको उत्पादन रहेको उनले बताए । अहिले ३७ जनाले रोजगार पाएका होटलमा पुर्ण तयारी भएपछि एक सय बढीले रोजगार पाउने उनले दाबी गरिन ।

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार  ८ : ३५ बजे

एसइईको नतिजा सार्वजनिक गर्ने तयारी

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा

इरान युद्धबाट अमेरिकाले सिकेका पाठ चीनका लागि पनि महत्वपूर्ण

इरानमा युद्ध तेस्रो महिनामा प्रवेश गरिरहँदा यसले चीनलाई युद्धको परिस्थितिमा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा

काठमाडौं । टर्कीको इस्तानबुलबाट २७८ यात्रु बोकेर काठमाडौं आएको टर्किस

आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान

काठमाडौं । सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउनका

टर्किस एयर विमान आगलागी : अन्तर्राष्ट्रिय उडान प्रभावित, ४ बच्चासहित २७७ यात्रु सबै सकुशल

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टर्किस एयरलाइन्सको विमानमा आगलागी भएपछि