भक्तपुर । यहाँका नेवार समुदायका युवा पुस्ता दसैँमा परम्परागत बाजा बजाउँदै संस्कृति संरक्षणमा सक्रिय भएका छन् । घटस्थापनादेखि यहाँ लाग्ने नौराते अर्थात नवरात्री मेलामा युवायुवतीको समूहले धिमेलगायतका बाजा बजाउँदै आ–आफ्नो टोलबाट मन्दिर जाने र फर्किने गरेका छन् । त्यसरी बाजा बजाउँदै जानेआउनेको समूहले रात गुञ्जयामान हुने गरेको छ । नेवारी पोसाकमा सजिएका उनीहरुले टोलटोलबाट धिमे,…