गोरखपुर । भारत उत्तरप्रदेशको अयोध्यामा निर्माणाधीन राममन्दिरमा राखिने भगवान रामकोमूर्ति बनाउन नेपालको कालीगण्डकीबाट उत्खनन् गरी पठाएको शिला गोरखपुरबाट अयोध्या पठाइएको छ । गोरखपुर मन्दिर परिसरमा विशेष हबन पूजापछि देवशिला आज गोरखपुरबाट अयोध्यातर्फ पठाइएको हो । धार्मिकविधि अनुसार नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिलगायतले गोरखपुरमा देवशिलाको हबन पूजाआज गरेका थिए । मङ्गलबार राति गोरखपुरस्थित गोरखनाथ मन्दिरमा ल्याइएका…