बुटवल । नेपालकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल’को आपैचारिक उद्घाटन गरिएको छ । एक कार्यक्रमका बीच प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार बिहान सो विमानस्थलको उद्घाटन गरेका हुन् । पहिलो व्यवसायिक उडान गर्दै विमानस्थलमा कुवेतको जजिरा एयरलाइन्सले अवतरण गरेपछि देउवाले औपचारिक उद्घाटन गरेका हुन् । यससँगै नेपाल एयरलाइन्सको न्यारोवडी विमान पनि काठमाडौंबाट व्यवसायिक उडान गर्दै…