खोटाङ । किराँती ऐतिहासिकतासँग जोडिएको धार्मिक तथा पर्यटकीयस्थल खोटाङको मझुवागढी आवतजावत गर्ने पर्यटकका लागि निर्माण गरिएको पदमार्ग (ढुङ्गाको सिँढी)मापदण्ड विपरित भएको स्थानीयवासीले गुनासो गरेका छन् । पुरातत्व विभागको बजेटबाट मझुवागढीमा निर्माण गरिएको पदमार्गको सिँढी मापदण्डविपरित सिमेन्ट र बालुवा प्रयोग गरेर बनाइएको भन्दै त्यसलाई भत्काएर पुनः मापदण्ड अनुसारको पदमार्ग निर्माण गर्नुपर्ने स्थानीयवासीले माग गरेका छन् ।…