२९ बैशाख २०८३, मंगलबार | May 13, 2026

नेपाल र चीनका पर्यटन व्यवसायीबीच ‘व्यवसायिक साझेदारी बैठक’



सिचुवान । पोखरा र चीनको सिचुवान प्रान्तको छोङछिङ नगरका पर्यटन व्यवसायीबीच व्यावसायिक साझेदारी बिटुबी (बिजनेस टु बिजनेस) तथा ‘सेल्स मिसन’ आयोजना गरिएको छ ।

यहाँ आयोजित कार्यक्रममा दुवै नगरका पर्यटन व्यवसायीले सिचुवान एयरलायन्सको उडान नियमित भएमा पर्यटकीय साझेदारीलाई थप प्रभावकारी बनाउँदै लैजान सकिने बताएका थिए । छोङछिङका पर्यटन व्यवसायीले पोखरा र छोङछिङको भौगोलिक अवस्थिति मिल्दोजुल्दो भएको बताउँदै यहाँबाट पर्यटकहरू पोखरा लैजाने आफूहरूले हरसम्भव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यहाँका संस्कृति एवं पर्यटन विकास आयोगका उपमहानिर्देशक वाङ हाओले पोखरासँग पर्यटकीय साझोदारी बढाउन आफूहरू उत्साहित भएको बताए । नेपाल र चीनबीचको औपचारिक कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्ष पुगिसकेको उल्लेख गर्दै उनले दुई देशबीचका नागरिक नागरिकको सम्बन्धलाई पनि साझेदारीले महत्वपूर्ण सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।

पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईंले प्रकृति, संस्कृति र साहसिक पर्यटन नै पोखराको विशिष्टता भएको बताउँदै पोखरा भ्रमणका लागि छोङछिङवासीलाई आग्रह गरे । उनले आफूहरूको तर्फबाट पोखरा—छेन्दुमा उडानलाई सफल बनाउन सम्पूर्ण सहयोग रहने बताए । पोखरा भ्रमण वर्षका अवसरमा विभिन्न पर्यटकीय प्याकेजमा विशेष छुटका योजना पनि सार्वजनिक गरिसकिएको प्रमुख प्रशासकीय अधिकृत चौलागाईंले जानकारी गराए ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले पोखरा प्रकृति, संस्कृति र साहसिक पर्यटनको महत्वपूर्ण गन्तव्य भएको बताउँदै यो चिनियाँ पर्यटकको रोजाइमा परिरहेको बताए । पोखरामा चिनियाँ पर्यटक लक्षित पूर्वाधारमा कमी नरहेको बताउँदै उनले पर्यटकको बढ्दो आगमनसँगै अन्य पूर्वाधार बढ्ने धारणा राखे ।

नेपाल पर्यटन बोर्डको आयोजना एवं पोखरा पर्यटन परिषद् र छिन्दुस्थित महावाणिज्यदूतावाससँगको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट पहिलो व्यावसायिक चाटर्ड उडानमार्फत यहाँ आएका पोखराका पर्यटन व्यवसायी सिचुवान प्रान्तका छिन्दु, लुझाउलगायत सहरमा उच्चस्तरीय भेटघाटसँगै पर्यटन प्रवर्द्धनका विभिन्न कार्यक्रमका साथ शनिबार छोङछिङ आइपुगेको हुन् ।

प्रकाशित मिति : १० चैत्र २०८१, आइतबार  १० : २५ बजे

एसइई ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा

बुटवलबाट कछुवा सहित एकजना पक्राउ

बुटवल । रुपन्देही प्रहरीले बुटवलबाट जिउँदो कछुवा सहित एक जनालाई

ज्ञानोदय नमुना माबिबाट ८३.९३ प्रतिशत विद्यार्थी ग्रेडेड, झरनाले ल्याइन ४ जिपिए

खजुरा । बाँकेको सामुदायिक विद्यालय मध्यको अब्बल मानिएको खजुराको ज्ञानोदय

दाङमा करेन्ट लागेर बस चालकको मृत्यु

दाङ । करेन्ट लागेर आज यहाँ बस चालकको मृत्यु भएको

पशुपति क्षेत्र विकास कोषले एक महिनाभित्र गौशाला धर्मशाला आफैँले सञ्चालन गर्ने

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले एक महिनाभित्र पशुपति गौशाला