काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठले स्पा व्यवसायलाई पर्यटन स्वास्थ्यका रूपमा विकास गर्नुपर्ने बताएका छन् । स्पा सङ्घ नेपालको तेस्रो वार्षिकोत्सव एवं अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले स्पा व्यवसायलाई व्यवस्थितरूपमा सञ्चालन गर्नुपर्ने उल्लेख गरे । “स्पा व्यवसायलाई समाजले हेर्ने दृष्टिकोण नकारात्मक छ, यसलाई चिर्नका लागि यस क्षेत्रमा कार्यरत कर्मचारीलाई आवश्यक तालिम…