२१ भदौ २०८३, आइतबार | September 6, 2026

पलेसाले बढाइन् देशको गौरव

काठमाडौं । फ्रान्सको पेरिसमा रहेको ग्रान्ड प्यालेसमा पलेसा गोबद्र्धन रिङमा भिड्दै गर्दा नेपाली गोलाद्र्धतिर मध्यरात भइसकेको थियो । गत शनिबार बिहानमात्रै संसारभरि छरिएका नेपालीमा एउटा हर्षको सञ्चार भयो-पलेसाले कास्य पदक जितिन् । नेपालको खेल इतिहास अझ भनौँ ओलम्पिक इतिहासमा पलेसाले ल्याएको यो ऐतिहासिक पदक हो । यसअघि यस्ता खेलमा नेपाली खेलाडीले पदकहरू जित्न सकेका छैनन्…