काठमाडौं । आइतबारदेखि दुईदिने ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ नेपालमा सुरु हुँदैछ । सम्मेलनलाई केन्द्रित गरेर सरकारले एक सय ५३ वटा परियोजना ‘सोकेस’ गर्न लागेको लगानी बोर्डले जानकारी दिएको छ । गैरआवसीय नेपाली सङ्घ (एनआरएनए)का पूर्वअध्यक्ष भवन भट्ट लगानी ल्याउन सोहीअनुसारको वातावरण आवश्यक पर्ने बताउँछन् । उनले नीतिगत तहदेखि नै लगानीमैत्री वातावरण बनाउनुपर्ने बताए । “वर्षौँसम्म…