९ श्रावण २०८१, बुधबार | July 24, 2024

बजेटमा लुम्बिनी : बुटवलमा ‘आइटी पार्क’देखि, ‘बर्थिङ हब’ सम्म



बुटवल । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा लुम्बिनी प्रदेशका लागि केही पुराना योजनाको निरन्तरता र नयाँ योजना घोषणा गरिएको छ ।

लुम्बिनी प्रदेशका निजी क्षेत्रले प्रस्तुत बजेट सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् । बजेटको प्रभावकारिता कार्यान्वयनको प्रक्रियामा निर्भर रहने निजी क्षेत्रको भनाइ रहेको छ ।

अर्थमन्त्री वर्षमान पुनले आगामी आव २०८१/८२ का लागि प्रस्तुत गरेको बजेटमा बुद्ध जन्मस्थल लुम्बिनीलाई अन्तर्राष्ट्रिय स्तरमा ‘बर्थिङ हब’ को रुपमा विकास गरिने उल्लेख गरिएको छ । अर्थमन्त्री पुनले ‘बर्थिङ हब’ कार्यक्रमलाई बजेटमै समेटेर अगाडि बढाउने घोषणा गरेका छन् ।

बुद्ध जन्मस्थल लुम्बिनीलाई बौद्ध धर्मालम्बिहरुले आस्थाको केन्द्र मान्ने भएकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट लुम्बिनीमा बुद्ध धर्मालम्बि भित्र्याएर ‘बर्थिङ हब’ को विकास गरिने घोषणा गरिएको छ । त्यसैगरी रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्र र बाँकेको नौवस्ता औद्योगिक क्षेत्र चलाउने कार्यक्रम बजेटमा समेटिएको छ । यसअघि पनि यी दुवै स्थानमा औद्योगिक क्षेत्र सञ्चालन गर्न शिलन्यास गरिएको थियो ।

त्यसैगरी यस क्षेत्रको मुख्य राजमार्गको रुपमा रहेको बुटवल–गोरुसिङ्गे र भालुवाङ लमही राजमार्ग स्तरोन्नतिका लागि बजेटले समेटेको छ । बाँकेको राझा र दाङको टरिगाउँ विमानस्थल स्तरोउन्नति बजेट राखिएको छ । लुम्बिनी प्रदेशमा भैरहवा र नेपालगन्जमा मात्रै नियमित उडान भइरहेको छ ।

रुपन्देही, कपिलवस्तु र नवलपरासीका क्षेत्रलाई समेटेर बुद्ध परिपथ विस्तार गरिने योजना बजेटमा समेटिएको छ । त्यसैगरी सिक्टा सिँचाइ आयोजना विस्तारका लागि रु एक अर्ब ६० करोड, बबई सिँचाइ आयोजना विस्तार, भेरी बबई डाइभर्सनलाई पनि बजेट समावेश गरिएको छ । बुटवलमा मेडिकल कलेज सञ्चालन गर्ने प्रक्रिया बढाउने विषय उल्लेख छ ।

आज प्रस्तुत बजेटमा बुटवलमा आईटी पार्क निर्माण गरिने घोषणा गरिएको छ । बजेटमा आइटी पार्कका लागि काठमाडौंसँगै बुटवलका सरकारी तथा निजी भवन उपोयोग गरी पार्कमा ‘वर्क स्टेशन’ सञ्चालन गर्न निःशुल्क स्थान उपलब्ध गराइने घोषणा गरिएको छ । बजेटमा सरकारी तथा निजी भवन उपयोग गरि आईटी पार्कमा उच्च गतिको इन्टरनेट, विद्युत, सुरक्षालगायतका पूर्वाधारहरुको विकास गरी सूचना प्रविधि पार्कको काम अगाडि बढाइने उल्लेख गरिएको छ ।

लुम्बिनी प्रदेशलाई साना तथा मझौला उद्यमको ‘हब’ बनाउने भनिएको छ । अर्थमन्त्री पुनले आउँदो आर्थिक वर्षमा प्रत्येक प्रदेशलाई फरक आर्थिक ‘हब’का रूपमा विकास गर्ने घोषणा अनुरुप लुम्बिनीलाई साना तथा मझौला उद्यमको ‘हब’ बनाउने घोषणा गरेका हुन् ।

लुम्बिनी प्रदेशमा कृष्ण सेन इच्छुक संचारग्राम बनाउने घोषणा भएको छ । सालझण्डी–ढोरपाटन सडक स्तरोन्नति गर्ने, भैरहवा एकीकृत जाँच चौकीमा सुरक्षा बन्दरगाहा निर्माण सुरु गरिने, सिद्धबाबा सुरुङमार्ग निरन्तरता, बुटवल–गोरखपुर ४ सय केभी प्रशारण लाइन सुरु गरिने योजना बजेटमा उल्लेख गरिएका छन् ।

नारायणी र तिनाउमा सिग्नेचर पुल निर्माण दुई अर्ब ४६ करोड रकम बिनियोजन भएको छ । नारायणीमा पुलको शिलान्यास भएपनि तिनाउमा सुरु भएको छैन । एकीकृत विकासको अवधारणाअनुसार नमुना विकास अभियान सञ्चालन गर्न भरतपुर–बुटवल–पोखरा–भरतपुरलाई तीनवटा कोणमा राखी गण्डकी आर्थिक त्रिभूज परियोजना सञ्चालन गरिने घोषणा गरिएको छ ।

यस परियोजनाअन्तर्गत निजी क्षेत्रसँगको साझेदारीमा औद्योगिक ‘इकोसिस्टम’ निर्माण गरी औद्योगिक पुनरुत्थान र गुणस्तरीय रोजगारी सिर्जना गरिने, गण्डकी त्रिभुजमा पर्ने निर्माणाधीन नारायणगढ–बुटवल र मुग्लिन–पोखरा सडकखण्डको विस्तार कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरिने, बुटवल–पोखरा सडकलाई डेडिकेटेड दुई लेनमा विस्तार गरिने, त्रिभुजका तीनवटै करिडोरमा औद्योगिक विकासका लागि आवश्यक यातायात सञ्जाल विकास गरिने बजेट वक्तव्यमा समेटिएको छ ।

बजेटका बिषयमा नेपाल चेम्बर अफ कमर्शका लुम्बिनी प्रदेश अध्यक्ष टङ्कप्रसाद पोखरेलले बजेट सन्तोषजनक रहेपनि कार्यान्वयनमा चुनौती रहेको बताए । उनले समग्रमा बजेट दबाबमा आएको भएपनि निजी क्षेत्रलाई चिढ्याउने खालको नरहेको बताए ।

नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश संयोजक कृष्ण शर्माले बजेट सकारात्मक भएपनि कार्यान्वयनमा चुनौती रहेको बताए । उनले अहिलेको बजेट पनि परम्परागत रहेकाले निजी क्षेत्रलाई उत्साहित बनाउने गरी नआएको बताए । उनले बजेटको पूर्णपाठ आएपछि समग्रमा समिक्षा गर्न सकिने बताउँदै लुम्बिनीको पर्यटन विकासका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि बजेटले स्पष्ट योजना नल्याएको बताए ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलबार  १० : ४३ बजे

विमान दुर्घटनापछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बन्द

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटना उड्ने वित्तिकै भएको दुर्घटनापछि

सौर्य एअरलाइन्स विमान दुर्घटना अपडेट : केहीको शव निकालियो, पाइलटलाई अस्पताल लगियो (फोटो फिचरसहित)

काठमाडौं । त्रिभुवन विमानस्थलमा नजिकै सौर्य एअरलाइन्सको विमान दुर्घटना भएको

विद्यार्थी राजनीतिदेखि मुख्यमन्त्री बनेका आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले आज पद

त्रिभुवन विमानस्थलमा सौर्य एयरलान्सको जहाज दुर्घटना

काठमाडौं । काठमाडौंको त्रिभुवन विमानस्थलमा सौर्य एयरलान्सको जहाज दुर्घटना भएको

सुशासनको पक्षमा विजेता भएर सरकारबाट बाहिरिएका छौँ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल