बुटवल । रुपन्देहीको तिलोत्तमामा निजी लगानीमा देशकै पहिलो अन्तर्राष्ट्रिय क्रिकेट मैदान तयार भएको छ । गैरआवासीय नेपाली विनोद कुँवरले अष्ट्रेलियामा गरेको कमाइबाट तिलोत्तमा नगरपालिकामा एक्स्ट्राटेक ओभल क्रिकेट मैदान निर्माण गरेका हुन् । उनले पहिलो चरणको संरचना फागुन २८ गते उद्घाटन गरी खेल सञ्चालन गर्ने तयारी गरिरहेको बताएका छन् । गत जेठ ३० गते शिलान्याय गरिएको…