१० बैशाख २०८३, बिहिबार | April 24, 2026

बाँकेको यु–१३ छनोट फुटबलमा उत्साह जनक सहभागिता



नेपालगन्ज । बाँके जिल्ला फुटबल संघले शनिबार गरेको यु–१३ छात्र–छात्रा फुटबल छनोट कार्यक्रममा उत्साह जनक रुपमा खेलाडीहरुको सहभागिता देखिएको छ । अखिल नेपाल फुटबल संघको युवा विकास परियोजना अन्तर्गत २०८१ को लागि छनोट कार्यक्रम गरिएको हो ।

संघले शनिबार नेपालगन्जमा एक दिन छनोट कार्यक्रमको आयोजना गरेको थियो । तर सहभागि खेलाडीहरुको संख्या धेरै पछि छनोट कार्यक्रम लम्बाएर आइतबार पनि गर्ने बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले बताए ।

जिल्ला, प्रदेश हुँदै राष्ट्रिय स्तरको छनोटमा परेका खेलाडीहरुलाई एन्फा अन्तर्गतका विभिन्न टेक्निकल सेन्टरमा संचालन भएका एकेडेमीमा रहेर फुटबल खेल्ने मौका मिल्नेछ । बाँकेमा भएको छनोट फुटबलमा २ सय १५ जनाको सहभागिता रहेको अध्यक्ष शाहीले बताए । त्यसमा १ सय ८५ छात्र र ३० छात्रा खेलाडी रहेका छन् । पहिलो चरणको छनोटमा ८९ जना छात्र र ९ जना छात्रा खेलाडी छनोट गरिएको संघले जानकारी गराएको छ । आइतबार अन्तिम चरणको छनोट हुनेछ ।

शनिबार भएको छनोट कार्यक्रमले फुटबल विकासमा निकै उत्साह थपेको अध्यक्ष शाहीले बताए । उनले भने,‘फुटबलमा बालबालिकाको क्रेज निकै राम्रो छ । यति धेरै सहभागिता हुन्छ भन्ने हामीले सोचेको थिएनौं । अभिभावकहरुले आफना बालबालिकालाई फुटबल खेलाउन निकै चासो दिनु भएको छ । यसले भविष्यमा हाम्रो फुटबलको स्तर र राम्रा खेलाडी उत्पादनमा सहयोग गर्नेछ ।’

नेपालगन्ज रंगशालमा धेरै पछि फुटबलको गतिविधि भैरहेको बताउँदै अध्यक्ष शाहीले बाँकेमा अब फुटबलको लोकप्रियता फेरी बढन थालेको बताए ।

समुदाय स्तरबाट फुटबलका प्रतिभावान खेलाडी उत्पादन गर्न महत्वपुर्ण खेल्ने प्रशिक्षकहरुको लागि समेत संघले कार्यक्रम गरेको थियो । अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य समेत रहेका भएका शाहीका अनुसार संघले चैतको ६ देखि ९ गते सम्म संघले नेपालगन्जमा एन्फा कम्युनिटी कोचिङ कोर्षको आयोजना गरेको थियो । जहाँ बाँके, बर्दिया, सुर्खेत, दाङ, कैलाली, डोटी, कालिकोट, काठमाडौं लगायतका जिल्लाबाट ४३ जना प्रशिक्षकको सहभागिता रहेको थियो ।

नेपालगन्जमा रंगशालामा दुई दिन सम्म भएको छनोट कार्यक्रमबाट छानिएका खेलाडीहरुलाई प्रदेश स्तरको छनोटमा समावेश गराईनेछ ।

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  ७ : २२ बजे

क्रियाशील पत्रकार महिला बाँकेको भित्तेपात्रो बिमोचन

नेपालगन्ज । बाँकेमा क्रियाशील पत्रकार महिला बाँकेले नयाँवर्षको शुभकामना आदान

भोलिदेखि नेपालगन्जमा ‘स्ट्रीट फुड एन्ड बेभरेज फेस्टिबल’ : तयारी पूरा

नेपालगन्ज । भोलिबाट नेपालगन्जमा सुरु हुने ‘नेपालगन्ज स्ट्रीट फुड एन्ड

‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा

काठमाडौँबाट लुम्बिनीसम्म ‘शान्तिका लागि साइकलयात्रा’

काठमाडौँ । नेपालमा शान्तिको सन्देश फैलाउने उद्देश्यले ‘टुर डे लुम्बिनीःपेडल

सुकुम्बासी बस्ती खाली गराउन प्रहरीको माइकिङ

काठमाडौं । थापाथलीस्थित सुकुम्बासी बस्ती शनिबार बिहानदेखि खाली गराइने सूचना