काठमाडौं । प्लेअफमा टेनेरिफेलाई ३-१ ले पराजित गर्दै जिरोना स्पेनिस ला लिगामा बढुवा भएको छ । टेनेरिफेको मैदानको खेलको ४१ औं मिनेटमा क्रिस्टियन स्टुएनीले गोल गर्दै पाहुना टिमलाई अग्रता दिलाएका थिए । तर, ५९ औं मिनेटमा कार्लोस रुइज एरेनागाले गोल गरेपछि टेनेरिफे खेलमा फर्किएको थियो । त्यसको नौ मिनेटपछि होजे लियोनबाट आत्मघाती गोल उपहार पाएपछि…