१७ बैशाख २०८१, सोमबार | April 29, 2024

महिला साफ च्याम्पियनसिप : भारतविरुद्ध इतिहास बनाउने लक्ष्यमा नेपाल



काठमाडौं । साफ महिला च्याम्पियसिपअन्तर्गत शुक्रबार दोस्रो सेमिफाइनलमा भारत र नेपाल प्रतिस्पर्धा गर्दैछन् । भारतविरुद्ध मैदान उत्रिँदा नेपाली महिला टिम नयाँ इतिहास कोर्ने लक्ष्यमा हुनेछ ।

चार पटक फाइनल र एक पटक सेमिफाइनलमा प्रतिस्पर्धा गर्दा भारतविरुद्ध नेपालले साफ च्याम्पियनसिपमा हालसम्म जित निकाल्न सकेको छैन ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल अपराह्न साँढे पाँच बजे सुरु हुनेछ । सेमिफाइनलमा फेरी एकपटक भारत प्रतिद्वन्द्वी पाएको नेपाल २०७३ सालको चौथो साफको इतिहासलाई मेटाउँदै नयाँ इतिहास रच्न चाहन्छ ।

यस अघि भारत समूह ए को उपविजेता र नेपाल समूह बी को विजेता रुपमा अन्तिम चारमा प्रवेश गरेका थिए ।

यस्तो छ इतिहास

बंगलादेशमा आयोजना भएको पहिलो संस्करणको फाइनलमा नेपाल १-० ले पराजित भएको थियो । दोस्रो, तेस्रो र पाँचौं संस्करणमा क्रमशः ३-१, ६-० र ३-१ को नतिजामा हारेको थियो । चौथों साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले भारतलाई ३-१ को नतिजा सुम्पेको थियो ।

साबित्रा र मन्जली फर्कने सम्भावना

डेंगुको कारण टोली बाहिर रहेका स्ट्राइकर साबित्रा भन्डारी र मिडफिल्डर मन्जलीकुमारी योन्जन सेमिफाइनलमा मैदान उत्रन सक्छन् । बलियो भारतबिरुद्द नेपाल आफ्ना मुख्य खेलाडीलाई बेन्चमा राख्न चाहदैन । साबित्राले भुटानबिरुद्द ४-० को जितमा एक गोल गरेकी थिइन् । मन्जलीले साफ च्याम्पियनसिपमा कुनै खेल खेलेकी छैनन् ।

बंगलादेश र भुटान खेल्दै

साफ च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा बंगलादेश र भुटान प्रतिस्पर्धा गर्दैछन् । खेल दशरथ रंगशालामा एक वजे सुरु हुनेछ । भुटान श्रीलंकाविरुद्ध साफ च्याम्पियनसिपको इतिहासमा पहिलो जित निकाल्दै सेमिफाइनल पुगेको हो । बंगलादेश जारी प्रतियोगितामा अपराजित छ । उसले समूह ए को अन्तिम खेलमा भारतलाई ३-० ले पराजित गर्दै विजेताको रुपमा अन्तिम चारमा प्रवेश गरेको थियो । भुटान समूह उपविजेता बनेको थियो ।

 

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  ८ : ४५ बजे

इलाम अपडेट : सुहाङ ५३ सय मतले अगाडि

काठमाडौं । इलाम क्षेत्र नम्बर-२ मा नेकपा (एमाले)का सुहाङ नेम्वाङले

रहेनन् ‘माइतीघर’ फिल्मका अभिनेता सीपी लोहनी

काठमाडौं । निजी क्षेत्रले निर्माण गरेको नेपालको पहिलो सिनेमा ‘माइतीघर’का

महोत्तरीमा दिनहुँजसो आगलागी

महोत्तरी । जारी वैशाखको दोस्रो साता सुरु भएयता महोत्तरीमा दिनदिनैजसो

रामेछापका वनमा आगो लगाउने व्यक्ति पक्राउ

रामेछाप । रामेछापका विभिन्न सामुदयिक वनमा आगो लगाउँदै हिँड्ने एक

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छः उपाध्यक्ष श्रेष्ठ

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले मुलुकको