काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई अलोकतान्त्रिक दिशातिर धकेल्ने प्रयासहरूलाई एमालेले कडा रूपमा रोक्ने घोषणा गरेका छन्। शुक्रबार काठमाडौंमा पार्टीको नयाँ लडाकु संरचना नेशनल भोलिन्टियर्स फोर्स को औपचारिक घोषणा गर्दै उनले वर्तमान राजनीतिक वातावरण र सरकारको व्यवहारप्रति तीव्र असन्तोष व्यक्त गरे। उनले मुलुकमा अराजकता फैलाउने, आगजनी-तोडफोड गर्ने तथा ‘राक्षसी शासन’ थोपर्न खोज्ने…