१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

महेश बस्नेतको चेतावनी – जेनजीका नाममा जहाँ अवरोध त्यहाँ प्रतिरोध

बबरमहलमा एमाले युवाको मार्चपास



काठमाडौं ।  नेकपा (एमाले) निकट नेशनल भोलिन्टियर्स फोर्सले शुक्रबार काठमाडौंको बबरमहल क्षेत्रमा शक्ति प्रदर्शनसहित मार्चपास गरेको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीद्वारा फोर्सको केन्द्रीय कमाण्ड घोषणा अघि युवा समूहले गरेको यो प्रदर्शनलाई नेता महेश बस्नेतले नेतृत्व गरेका छन् ।

मार्चपासका क्रममा बोल्दै बस्नेतले ‘जेनजी’ को नाममा भएको गतिविधिमा कुनै पनि प्रकारको अवरोध आए प्रतिरोध गर्न तयार रहने चेतावनी दिए ।

‘जेनजीका नाममा जहाँ अवरोध, त्यहीं प्रतिरोध,’ बस्नेतले भने, ‘जेनजीहरूसँग हामी निरन्तर सम्पर्कमा छौँ। तर उनीहरूको नाम र ब्यानर प्रयोग गरेर विभिन्न तत्वहरू सक्रिय भएको देखिन्छ।’

उनले वास्तविक जेनजी पुस्ताका माग पूरा गर्ने शक्ति एमाले नै भएको दाबी समेत गरे । जेनजी आन्दोलनका क्रममा घाइते तथा शहीद बनेकाहरूलाई न्याय दिलाउन प्रतिनिधिसभा पुनःस्थापना आवश्यक रहेको उनले जिकिर गरे ।

बस्नेतका अनुसार फोर्सलाई वडा, पालिका र टोल तहसम्म विस्तार गर्ने योजना छ । राष्ट्रिय सम्पत्तिमाथि आगजनी वा तोडफोडजस्ता गतिविधि दोहोरिन नदिन फोर्स पेशागत संघ–संस्थासँग पनि सहकार्यमा जाने उनले बताए ।

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  १ : ४० बजे

पोखरामा शव पहिचान र परीक्षण सुरु

गण्डकी । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भोटेकोशीको बाढीमा ज्यान गुमाएकाहरूको

भोटेकोशी बाढी : ११७ विदेशी पर्यटकको उद्दार, कुन देशका कति ?

काठमाडौं । भोटेकोशी बाढीमा परी सम्पर्कविहिन भएका पर्यटकको उद्दार गरिएको

नेपाललाई आपतकालीन सहयता र अन्तराष्ट्रिय उद्दारमा सघाउने चिनियाँ कम्युनिष्ट पार्टीको निर्णय

बेइजिङ । चीनले केरुङ क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट

भारतसँग जिटुजी माध्यमबाट २५ हजार मेट्रिक टन डिएपी मल खरिद गरिने

काठमाडौं । सरकारले भारत सरकारसँग सरकार–सरकार (जिटुजी) खरिद माध्यमबाट २५

अनधिकृत रुपमा रकम सङ्कलन नगर्न प्रधानमन्त्री कार्यालयको चेतावनी

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बाढीपीडितका नाममा अनधिकृत रुपमा