काठमाडौं । काशी हिन्दू विश्वविद्यालयका प्रा डा दीपक मल्लिकले नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको बताएका छन् । सहिद स्मृति प्रतिष्ठान केन्द्रीय समितिले आज यहाँ आयोजना गरेको ‘वर्तमान राजनीतिक परिवेश र समावेशी लोकतन्त्र विषयक’ कार्यशालामा उनले अब हाम्रो विचार बदलिनुपर्नेमा जोड दिए । उनले विचार बदलिएमा राजनीतिक परिवेश र समावेशी लोकतन्त्रले पनि सफलता पाउने बताए…