काठमाडौँ । नेपाल मजदुर किसान पार्टीको अध्यक्षमा पुनः नारायणमान विजुक्छें सर्वसम्मत निर्वाचित भएका छन् । जारी महाधिवेशनले ४ वैकल्पिक केन्द्रीय सदस्यहरूसहित कुल ३३ जनाको केन्द्रीय समिति सर्वसम्मतिले चुनेको छ । पार्टीको आठौँ महाधिवेशनबाट आठौँ पटक विजुक्छे पुनः सर्वसम्मत अध्यक्षमा चुनिएका हुन् । फागुन १६ देखि चलेको महाधिवेशन मंगलबार भक्तपुरमा सम्पन्न भएको थियो । ८५ वर्षका विजुक्छे…