काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीलाई कार्यवाहक महासचिवको जिम्मेवारी तोकिएको छ । प्रवासी नेपाली मञ्चको कार्यक्रममा जापान गएका एमाले महासचिव शङ्कर पोखरेलले वरिष्ट उपमहासचिव ज्ञवालीलाई कार्यवाहक महासचिवको जिम्मेवारी तोकेको कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिए । एक हप्तासम्म जापानमा हुने विभिन्न कार्यक्रममा सहभागी हुने सन्दर्भमा गएराति महासचिव पोखरेल जापान गएका हुन्। डा अधिकारीका…