७ आश्विन २०८३, बुधबार | September 23, 2026

फास्ट ट्रयाकबाट अध्यादेश पारित गर्ने सरकारको निर्णय



काठमाडौं । सरकारले फास्ट ट्रयाकबाट अध्यादेश पारित गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारले ल्याएका अध्यादेश फास्ट ट्रयाकबाट पारित गर्ने निर्णय गरेको हो ।

बैठकपछि संचारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता एवं संचारमन्त्री पृथ्वीसुब्बा गुरुङले फास्ट ट्रयाकबाट पारित गरिनेगरी संसद् सचिवालयमा दर्ता गरिएको पनि जानकारी गराए । गुरुङले अध्यादेश ल्याउनुमा कुनै बद्नियत नभएको दाबी गर्दै संसद् छलेर अध्यादेश नल्याएको जिकिर गरे । उनले अध्यादेश ल्याउनु सरकारको संवैधानिक अधिकार भएको दाबी गरे ।

उनले भने, ‘मुलुकको आवश्यकताको लागि, सुशासन प्रवद्र्धन गर्नका लागि र अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि अध्यादेश ल्याइएको हो ।’

संसद अधिवेशन यही माघ १८ गतेबाट सुरु हुँदैछ । सोही दिन ६ वटा अध्यादेश पेस गर्ने तयारी छ ।

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  २ : २१ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई