काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले वाम लोकतान्त्रिक गठबन्धन कायमै रहने जनाएको छ । बिहीबार बिहान बसेको माओवादी स्थायी समिति बैठकमा आगामी निर्वाचनसम्म वाम लोकतान्त्रिक गठबन्धन कायमै रहने विषयम नेताहरुको समान धारणा रहेको बताइएको छ । तर, गठबन्धनका साथसाथै वामपन्थी दलहरुबीच समाजवादी केन्द्र बनाउने विषयमा पनि पहल गर्ने विषयमा बैठकमा छलफल भएको छ । समाजवादी केन्द्र…