१७ श्रावण २०८३, आइतबार | August 3, 2026

नेपालले एकदिवसीयकाे मान्यता पाउला ? हेर्नुस् पाँच सम्भावना यस्ता छन्



आगामी वर्ष इंग्ल्यान्ड र वेल्समा आयोजना हुने आईसीसी विश्व कप २०१९ को लागि जिम्बाबेमा फागुन २० देखि छनोट प्रतियोगिता जारी छ ।

नेपाल सहित १० राष्ट्र सहभागी प्रतियोगिताबाट उत्कृष्ट हुने २ टिमले वान डे विश्वकप खेल्नेछन् । यस्तै प्रतियोगिताबाट उत्कृष्ट-३ एसोसिएट राष्ट्रले एकदिवसीय मान्यता पाउनेछन् ।

समूह ‘ए’मा आयरल्यान्ड, नेदरल्यान्ड्स, पपुवा न्युगिनी, वेस्ट इन्डिज र युएई छन् । समूह बी मा नेपालसहित हङकङ, अपगानिस्तान, जिम्बाम्बे र स्कटल्याण्ड छन् ।

दुवै समूहका शीर्ष ३–३ टिम सुपर–६ मा पुग्नेछन् । सुपर सिक्समा लिग खेल हुनेछन् । शीर्ष २ टिम सन् २०१९ को एकदिवसीय विश्वकपका लागि छनोट हुनेछन् ।

विश्व क्रिकेट लिग च्याम्पियनसिप जितेको नेदरल्यान्ड्सले एकदिववसीय मान्यता पाइसकेको छ। अब पपुवा न्युगिनी, स्कटल्यान्ड, हङकङ, नेपाल र यूएई मध्ये शीर्ष ३ टिमले सन् २०२२ सम्मका लागि एकदिवसीय मान्यता पाउनेछन् ।

नेपालको सम्भावना

  • समूहमा कम्तिमा तेस्रो स्थानमा रहँदै सुपर सिक्समा प्रवेश गर्दा नेपालले सोझै वानडे मान्यता पाउँछ।
  • यदि नेपाल पुपर सिक्समा पुगेन भने हङकङभन्दा माथि रहेर समूह चरणको खेल टुङ्गाउनुपर्छ।
  • यदि पपुवा न्यूगिनी अर्को समूहको अन्तिममा भए नेपालले स्वतः एक दिवसीय मान्यता पाउनेछ।
  • यदि पपुवा न्यूगिनि समूहमा चौथो भएमा नेपालले पपुवा न्युगिनीलाई सातौ स्थानको खेलमा हराउनुपर्नेछ।
  • यदि नेपाल सुपर सिक्समा प्रवेश नगरेर हङकङ भन्दा पनि तल भएमा अफगानिस्तानभन्दा माथि रहने र अर्को समूहबाट वेष्टइन्डिज, आयरल्याण्ड र नेदरल्याण्ड सुपर सिक्समा पुगे। सातौ स्थानको खेलमा युएईलाई हराउनुपर्छ।

प्रकाशित मिति : २७ फाल्गुन २०७४, आइतबार  ७ : ०३ बजे

बढ्यो पेट्रोल, डिजल र मट्टीतेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

अभिभावक लक्षित स्वास्थ्य शिविर र रक्तदान, मन्त्रीले गरे रक्तदान

खजुरा । बाँकेको खजुरा स्थित अरुणोदय माध्यामिक विद्यालयले अभिभावक र

सन्तानेश्वर महादेव मन्दिर : धार्मिक पर्यटनको गन्तव्य

नेपालगन्ज । बाँकेको सन्तानेश्वर महादेव मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा

प्रहरीको नियन्त्रणमा रहेका कर्मा समूहले यसरी मच्चाउथ्यो लुटपाट

काठमाडौँ । गत असार १३ गते बिहान करिब ४ः०० बजे

क्यान्सर अस्पतालका भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारको सहकार्य हुनेछ : मन्त्री खत्री

नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री रत्न खत्रीले