१७ कार्तिक २०८३, मंगलबार | November 3, 2026

भेरी अस्पतालमा श्वासप्रश्वाससम्बन्धी विशिष्टीकृत सेवा सुरु



नेपालगन्ज । भेरी अस्पताल नेपालगञ्जले फोक्सो तथा निद्रासम्बन्धी विभिन्न जटिल रोगको उपचारका लागि विशिष्टीकृत सेवा सुरु गरेको छ ।

उक्त सेवाबाट फोक्सो तथा श्वासप्रश्वाससम्बन्धी दीर्घरोगी र निद्रासम्बन्धी समस्या भएका बिरामी लाभान्वित हुने डा रञ्जीत पाण्डेले जानकारी दिए ।

डा पाण्डेका अनुसार विशिष्टीकृत सेवाअन्तर्गत दीर्घकालीन दम, पुरानो खोकी, श्वासप्रश्वास, छातीमा पानी जम्ने, क्षयरोग, फोक्सो बाथ रोग तथा फोक्सो सुक्ने समस्या लगायतका रोगको उपचार तथा परामर्श सेवा उपलब्ध हुनेछ ।

त्यस्तै, सुत्दा घुर्ने, निद्राका क्रममा श्वासप्रश्वास रोकिने, निद्रा लागिरहने तथा पर्याप्त सुते पनि शरीर ताजा महसुस नहुनेजस्ता समस्याको पहिचान र उपचार हुने अस्पतालले जनाएको छ ।

क्षयरोगका बिरामीको उपचार तथा औषधि प्रतिरोधी र औषधिप्रति संवेदनशील क्षयरोगका विषयमा आवश्यक परामर्शसमेत प्रदान गरिने उनको भनाइ छ ।

त्यस्तै, निमोनियालगायतका गम्भीर बिरामीको सघन उपचार, भेन्टिलेटरमा रहेका बिरामीको व्यवस्थापन तथा भेन्टिलेटरबाट बाहिर निकाल्ने सम्बन्धमा आवश्यक उपचार र परामर्शमा समेत विशिष्टीकृत सेवा प्रदान गरिने डा पाण्डेले जानकारी दिए ।

डा पाण्डेले फोक्सोसम्बन्धी रोगको उपचारसँगै अस्पतालको सघन उपचार सेवालाई थप प्रभावकारी बनाइनेसमेत बताए ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा नवीन दर्नालले विशेषज्ञ चिकित्सकमार्फत सुरु गरिएको सेवा यस क्षेत्रका बिरामीका लागि महत्वपूर्ण हुने बताए ।

उनले फोक्सोसम्बन्धी दीर्घरोग, फोक्सोको क्यान्सर तथा निद्रासम्बन्धी समस्या भएका बिरामीलाई लक्षित गरी आजैदेखि विशेष क्लिनिक सञ्चालनमा ल्याइएको जानकारी दिए ।

उनका अनुसार अस्पतालले प्रदान गरेको विशिष्टीकृत सेवाबाट फोक्सोसम्बन्धी विभिन्न जटिल तथा दीर्घरोगको उपचारका लागि टाढा जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८३, मंगलबार  ३ : २२ बजे

हेलिकप्टर दुर्घटनाको छानबिन सुरु भइसकेको छ : क्यान

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले सोलुखुम्बुको फेरिचेमा आज

समाजलाई अति दलीयकरणबाट मुक्त गरौँ : रास्वपा सचेतक परियार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका सचेतक प्रकाशचन्द्र

उमा भुजेल नेतृत्वको नेकपा नेपाली कम्युनिष्ट पार्टीमा समाहित

काठमाडौं । उमा भुजेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड नेतृत्वको

भेरी अस्पतालमा श्वासप्रश्वाससम्बन्धी विशिष्टीकृत सेवा सुरु

नेपालगन्ज । भेरी अस्पताल नेपालगञ्जले फोक्सो तथा निद्रासम्बन्धी विभिन्न जटिल

कार्यभार सम्हाल्न नेपाल आइपुगे भारतका नवनियुक्त राजदूत दलेला

काठमाडौं । भारतका नवनियुक्त राजदूत सुधाकर दलेला कार्यभार सम्हाल्न काठमाडौं