२९ कार्तिक २०८३, आइतबार | November 16, 2026

६.६२ अंकले बढ्यो नेप्से, पाँच अर्ब ६५ करोडको कारोबार





काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक झिनो अंकले बढेर बन्द भएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६.६२ अंक बढेर २६६४.१३ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स १.४८ अंक, फ्लोट इण्डेक्स ०.६२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५५ अंक बढेको छ।

१३ मध्ये नौ उपसमूहको परिसूचक बढेको छ । होटल तथा पर्यटन उपसमूहको परिसूचक १.०७ प्रतिशत बढेको छ। बैंकिङ, विकास बैंक, जलविद्युत, जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक सामान्य अंक बढेको छ।

नेप्से बढे पनि आज कारोबार रकम भने घटेको छ। सोमबार सात अर्ब १८ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । आज पाँच अर्ब ६५ करोड ११ लाख ४२ हजार रुपैयाँबराबरको एक करोड ५४ लाख २० हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

मंगलबार ग्लोबल आइएमई बैंक २३ करोड १४ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। बुटवल पावर कम्पनीको करिब साढे १९ करोड र कुमारी बैंकको १९ करोड रुपैयाँ कारोबार भएको छ।

आज शिखर पावर डेभलपमेन्टको सेयरमूल्य सर्वाधिक ५.९४ प्रतिशत बढेको छ। रिभर फल्स पावरको सेयरमूल्य करिब ६ प्रतिशत र अन्य स्टकहरुको मूल्य वृद्धिदर साढे ४ प्रतिशतभन्दा कम रहेको छ।

प्रकाशित मिति : १७ कार्तिक २०८३, मंगलबार  ४ : २९ बजे

Your email address will not be published.

इजाजत नभएका बन्दुक बरामद

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका(५ देवीस्थानबाट आज इजाजत नभएका चार

एनपिएल : पोखरा एभेन्जर्ससँग काठमान्डु गोर्खाज ५५ रनले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को आइतबार भएको खेलमा

कालीगण्डकी करिडोर सडक पुन: अवरुद्ध

गुल्मी । सुक्खा पहिरो गएपछि कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध

घोप्टेभिरको सुक्खा पहिरोले अनिश्चित बनायो यात्रा

चितवन । गत साता नेपाल प्रिमियर लिग (एापिएल)हेर्न बसमा काठमाडौं

प्रधानमन्त्रीको सचिवालयका ‘विज्ञ’लाई संयोजक र उपसंयोजकको भूमिका

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो निजी सचिवालयमा कार्यरत कर्मचारी