१५ जेष्ठ २०८०, सोमबार | May 29, 2023

च्याउखेतीबाट लाखौं आम्दानी



बर्दिबास : महोत्तरीको बर्दिबासका किसान व्यावसायिक च्याउखेती गरेर एक सिजनमा ६० लाख गाउँ भित्रयाउन सफल भएका छन्। बर्दिबास नगरपालिकास्थित पाटु, बर्दिबास, बिजलपुरा र किसाननगर चारघरेका ३० किसानले च्याउको व्यावसायिक खेती गरेका हुन्।

मंसिरयता चार महिनामा बर्दिबासका किसानले च्याउ बिक्री गरेर ६० लाख ५० हजार भित्रिएको पाटुका अगुवा च्याउ कृषक दिलिपराज थापाले बताए। ‘झन्डै एक सय २० वटा टनेलमा २० हजार एक सय ५० बल च्याउ लगाइएको छ। यसबाट ४० हजार तीन सय किलो च्याउ उत्पादन भयो’, च्याउ किसान थापाले भने, ‘हामी किसानले सरदरमा दैनिक हजार किलो च्याउ उत्पादन गरेर बजार पु¥याएका छौं। एक दिनमै करिब एक लाख ५० हजारको च्याउ बिक्री हुन्छ।’ प्रतिकिलो एक सय ५० का दरले थोक र दुई सयका दरले खुद्रा च्याउ बिक्री हुन्छ। प्रायः बजारमा च्याउको बिक्री मूल्यमा एकरूपता हुने गरेको किसान बताउँछन्।

किसानले उत्पादन गरेको च्याउ पूर्व मिर्चैयादेखि पश्चिम हेटौंडा, सिन्धुली, रामेछाप, दोलखासम्म बिक्रीका लागि पु¥याइन्छ। भक्तपुरको ठिमीबाट कन्यै जातको च्याउको बीउ ल्याएर च्याउखेती गरिँदै आएको हो।

‘च्याउखेतीमा कम जनशक्ति लाग्छ। बाँझो र प्रतिजग्गा, आँपको बगैंचामा पनि टनेल बनाएर खेती हुन्छ। यसले किसान च्याउखेतीप्रति आकर्षित भएका छन्’, उनले भने, ‘बजारमा च्याउको माग अत्याधिक छ।’

२०६५ सालदेखि बर्दिबासको पाटुमा अगुवा किसान दिलिपराज थापा र रामकृष्ण थापाले एक सय बलबाट च्याउखेती सुरु गरेका थिए। अहिले पाटुका गाउँभरी च्याउखेती फैलिएको छ। अगुवा किसानले च्याउखेतीको तालिम, प्राविधिक सल्लाह, बीउवीजन र स्थानीय सहकारीले ऋण दिएपछि सामूहिक र व्यक्तिगत रूपमा बर्दिबास क्षेत्रमा च्याउखेती गरिएको हो। च्याउखेतीले किसानको आर्थिक अवस्था सुध्रिएको छ भने, दिनचर्या पनि फेरिएको छ।

च्याउ बेचेर करोडको घडेरी

पाटुका अगुवा च्याउ किसान ५० वर्षीय रामकृष्ण थापाले एक सिजनमा आठ लाख रुपैयाँ आम्दानी लिएका छन्। एक हजार बलमा च्याउखेती गरेका उनलाई अहिले च्याउ स्याहार्न भ्याइनभ्याइ छ।

२०६५ सालदेखि बर्दिबासको पाटुमा अगुवा किसान दिलिपराज थापा र रामकृष्ण थापाले एक सय बलबाट च्याउखेती सुरु गरेका थिए। अहिले पाटुका गाउँभरी च्याउखेती फैलिएको छ।

नेपाली सेनामा कार्यरत रामकृष्णले शान्ति सेनामा जान नपाएपछि २०६२ सालमा जागिर छाडे। जागिर छाडेर उनले खेतीकिसानी गर्न थाले।

२०६५ सालमा पोखराका किसानले च्याउखेतीबाट राम्रो आम्दानी गरेको सुनेका उनले छिमेकी अगुवा किसान दिलिपराज थापालाई सुनाए। यी दुईजनाको अगुवाईमा महोत्तरीमा च्याउखेती सुरुवात भएको थियो। रामकृष्णाले भने, ‘तरकारी खान एक सय बलबाट पहिलो पटक च्याउ खेती गरेँ। खाएर बाँकी रहेको च्याउ बजार लगेँ। हारालुछ भयो।’ खानलाई गरेको नयाँ खेती अहिले बर्दिबासको मुख्य खेती बन्दा उनी दंग छन्। जागिरभन्दा च्याउखेतीमै मज्जा छ। घरपरिवारसँगै बसेर कमाइ पनि हुने उनले बताए।

च्याउखेतीकै आम्दानीले बर्दिबासमा उनले अहिले एक करोडको घडेरी जोडेका छन्। ‘छोरीलाई पढाएर विवाह गरिदिएँ। छोरालाई काठमाडौं राखेर पढाउँदै छु। च्याउखेती नभएको भए केही गर्न सकिँदैन थियो’, उनले भने।

पाटुकाका किसान प्रगतिशील कृषक समूहमा आबद्ध भएर च्याउखेती गरिरहेका छन्। च्याउखेती सुरु गर्ने दिलिपराज थापाले यसपालिको च्याउखेतीबाट पाँच लाख लिएका छन्। ‘च्याउखेती राम्रो छ। लागिपर्ने हो भने च्याउखेतीबाट मनग्गे आम्दानी लिन सकिन्छ। मेहनत र लगशिलता भए स्वदेशमै सुन फलाउन सकिन्छ’, नौ वर्षदेखि च्याउखेती गरिरहेका दिलिपराजले भने। च्याउखेतीबाट बर्दिबास क्षेत्रमा २० जना युवाले प्रत्यक्ष रोजगारी पाएको उनले बताए। मासिक खाना खुवाएर उनीहरूले १५ हजार बुझेको थापाले सुनाए।

हेटौंडाबाट च्याउखेती गर्न पाटु
पाटु क्षेत्रमा च्याउ राम्रो उत्पादन भएपछि बाहिरी जिल्लाका किसान च्याउखेती गर्न पाटु गाउँ रोज्न थालेका छन्। हैटौंडाका २४ वर्षीय भेजेन्द्र (प्रख्यात) पुडासैनीले स्थानीय कृष्णा खड्कको १० कठ्ठा आँपको बगैंचा रहेको जग्गा भाडामा लिएर च्याउ खेती गरेका छन्। उनले १६ वटा टनेल बनाएर पाँच हजार बल च्याउ खेती गरेका छन्। १० लाखको लागतमा गरिएको च्याउखेतीबाट उनले अहिलेसम्म आठ लाख नगद आम्दानी लिइसकेका छन्। पाँच हजार बल च्याउखेतीबाट झन्डै ६ लाख आम्दानी हुने उनले बताए।

दाजुभाइ कृषि फर्म खोलेर बर्दिबास, हेटौंडा र पाल्पामा व्यावसायिक च्याउखेती गरेका भेजेन्द्रले वाणिज्यमा स्नातक गरेका छन्। बर्दिबासमा उत्पादन भएको च्याउ बर्दिबास, सिन्धुली, हेटौंडाका बजारमा पठाउने गरेको उनले बताए।

‘च्याउखेतीले दाइ र भाइलाई उद्यमी बनायो’, भेजेन्द्रले भने, ‘मासिक ५० हजार आम्दानी हुन्छ। ६ जनालाई रोजगारी पनि दिएका छौं।’

गिट्टी कुट्न छाडेर च्याउखेती
गिट्टी कुट्ने, खोलामा बालुवा चाल्ने, ज्याला मजदुरी गर्ने बर्दिबास किसाननगर चारघरे सुकुम्बासी बस्तीका स्थानीय सामूहिक च्याउखेतीतर्फ आकर्षित भएका छन्। थोरै लगानीमा राम्रो आम्दानी भएपछि च्याउखेतीप्रति उनीहरू आकर्षित भएका हुन्।

दैनिक ज्याला मजदुरी गरेर जीवन चलाउने सुकुम्बासीको जीवन च्याउखेतीले फेरिदिएको छ। कृषि उद्यमी बनाउन जिल्ला भूमि अधिकार मञ्च महोत्तरीले चारघरे टोलका सुकुम्बासीलाई च्याउखेतीको तालिम, लगानी र प्राविधिक सहयोज जुटाएपछि उनी सामूहिक च्याउखेती गरिरहेका हुुन्।

दुई वर्ष अघिदेखि बस्तीमा च्याउखेती गर्न थालिएको चारघरे भूमि अधिकार मञ्चकी सदस्य सरिता बस्नेतले बताइन्। बस्तीका १३ जना मिलेर सामूहिक च्याउखेती गरिरहेका छन्। ‘च्याउखेतीले गाउँमा नयाँ रोजगारीको अवसर जुटायो’, मञ्चकी सदस्य बस्नेतले भनिन्, ‘हामी पालो लगाएर च्याउखेतीको स्यहारसुसार गर्छौं। आम्दानी पनि बाँडेर लिन्छौं।’

गत साल ८५ हजार लगानी गरेर च्याउ खेती सुरू गरिएको थियो। एकै सिजनमा पोहोर साल एक लाख ९५ हजार आम्दानी भएको थियो। आम्दानी भएको रकममध्ये ३० हजार रुपैयाँ अर्को वर्षको बीउका लागि छुट्याएर बाँकी रकम समूहमा सहभागीलाई वितरण गरिएको थियो।

‘गत वर्षको ३० हजार र थप ३० हजार ऋण लिएर ६० हजारको लगानीमा पुस महिनामा दुईवटै टनेलमा तीन सय १३ पोका च्याउ लगाएका थियौं, चार घरे भूमि अधिकार मञ्चका अध्यक्ष नेत्र कार्कीले भने, ‘अहिले राम्रो आम्दानी भइरहेको छ।’

प्रकाशित मिति : २७ फाल्गुन २०७४, आइतबार  ७ : ०८ बजे

खजुरामा धुमधामका साथ मनाइयो गणतन्त्र दिवस

खजुरा । १६ औ गणतन्त्र दिवसलाई खजुरा गाउँपालिकाले बृहत कार्यक्रम

अव करदाताले क्युआर कोड सहितको कर चुक्ता प्रमाणपत्र लिन सक्ने

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा राजश्व प्रशासनलाई व्यापक सुधार

तयारी वस्तुमा भन्दा कच्चा वस्तुको आयातमा एक तह कम भन्सार लाग्ने

काठमाडौं । सरकारले तयारी वस्तुको तुलनामा कच्चा पदार्थ आयातमा लाग्ने

भारत भ्रमणबारे प्रधानमन्त्रीले गराए संसदलाई जानकारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय हितलाई केन्द्रमा

Interview: Only an advanced democracy can be an alternative to democracy – PM Prachanda

The 16th Republic Day is being celebrated across the country