१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

दर्ता नहुने सामाजिक सञ्जालको प्रयोग बन्द गरिन्छ: सञ्चारमन्त्री बाँस्कोटा



काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सूचना प्रविधिको विकास र प्रवद्र्धनलाई व्यवस्थित र मर्यादित बनाउँदै साइबर सुरक्षा र अपराध नियन्त्रणका लागि सरकारले सूचना प्रविधि विधेयक ल्याएको स्पष्ट पारेका छन् ।

सूचना प्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका विषयमा आइतबार संसदीय मामिला पत्रकार समाज र प्रविधि पत्रकार मञ्चले संयुक्त रुपमा आयोजना गरेको अन्तरक्रियामा मन्त्री बाँस्कोटाले साइबर सुरक्षासँग जोडर विधेयक ल्याइएको स्पष्ट पारेका हुन् ।

प्रविधिको विकाससँगै विकृति पनि आउने भएकाले त्यसको सही व्यवस्थापन मुख्य चुनौतिको विषय रहेको भन्दै उनले विधेयकबाट कोही पनि डराउनु वा आत्तिनु नपर्ने बताए । विद्युतीय माध्यमबाट हुने अपराधिक गतिविधि नियन्त्रण गर्दै साईबर सुरक्षाको प्रबन्ध गर्नु तथा डिजिटल हस्ताक्षरसम्बन्धी नयाँ व्यवस्था सहितका कयौं राम्रा विषय विधेयकमा समावेश भएको मन्त्री बाँस्कोटाको दावी छ ।

स्वतन्त्रताको कुरा गर्दा राष्ट्रिय दायित्व र भूमिका विर्सन नहुने भन्दै उनले नेपालमा दर्ता नहुने सामाजिक सञ्जालको प्रयोग बन्द गरिने स्पष्ट पारे । उनले स्वतन्त्रताको कुरालाई सूचना प्रविधिसँग जोडेर भ्रम फैलाउने काम नगर्न पनि सचेत गराए । सामाजिक सञ्जाल र पत्रकारिताको विषय फरक भएकाले दुवैले आआफ्ना मूल्य, मान्यता र मापदण्डभित्र बस्नुपर्ने तर्क बाँस्कोटाको छ ।

विश्वव्यापी सञ्चालनमा आएका सामाजिक सञ्जालका कम्पनीहरु नेपालमा दर्ता नभए के गर्ने भन्ने प्रश्न गर्नुको कुनै अर्थ नरहेको भन्दै उनले स्वतन्त्रताको नाममा कर छल्ने काम गर्न सरकारले नदिने बताए ।

कार्यक्रममा विज्ञहरुले विधेयकमा प्राविधिक विषयहरुमा व्याख्यासहित स्पष्ट बनाउन, प्रत्यायोजित अधिकार किटानी गर्न, प्राकृतिक न्यायको सिद्धान्त समावेश गर्न तथा सजाय र कारवाहीको व्यवस्थालाई परिमार्जन गर्न सरकारलाई सुझाव दिएका थिए ।

सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अहिले प्रतिनिधिसभाको विषयगत समितिमा विचाराधिन अवस्थामा छ ।

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  ५ : ५५ बजे

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले

कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या, बेलहियाबाट पक्राउ

काठमाडौँ । कारागारमा कैद भुक्तानीका बेला चिनजान भएकी सुरक्षाकर्मीलाई घरमै

आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा