२२ मंसिर २०८०, शुक्रबार | December 8, 2023

रुपन्देही हप्किडो संघको प्रथम अधिवेशन सम्पन्न, महराको नेतृत्वमा नया नेतृत्व चयन



बुटवल । नेपाल मार्शल आर्टस हप्किडो संघ, रुपन्देहीको प्रथम जिल्ला अधिवेशन नया नेतृत्व चयन गर्दै बुटवलमा सम्पन्न भएको छ ।

बुधवार आयोजित प्रथम जिल्ला अधिवेशनले रेशम बहादुर महराको अध्यक्षतामा ११ सदस्यि जिल्ला समिति सर्वसम्मत रुपमा चयन गरेको हो । संघको उपाध्यक्षद्वयमा गणेश पाण्डे र तुल्सीबहादुर भण्डारी, सचिवमा चुमलाल श्रेष्ठ, कोषाध्यक्षमा कुलदिप कार्की तथा सदस्यहरुमा पुजा दर्नाल, कमानसिंह डागी, मीरा पौडेल, दोमन बराल, शंकर घिमिरे र संजीव मास्के निर्वाचित भएका छन् ।

नवनिर्वाचित समितिको घोषणा रुपन्देही जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख संगमसिंह थापाले संघको उद्घाटनसत्रमा गर्नुभएको थियो । नवनिर्वाचित समितिलाई कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमा आर्चायले खादा तथा अविर लगाएर सम्मान गर्नुभएको थियो ।

सो अवसरमा बोल्दै प्रमुख अतिथि उपप्रमसख आर्चायले खेलकुदको विकासका लागि स्थानिय सरकारले निकै महत्व दिएको बताउदै त्यसमा सहभागि भएर अगाडी बढ्न आग्रह गर्नुभयो । उहाले खेललाई राष्ट्रको पहिचानसंग जोडेर खेलाडीको जिविकोपार्जन गर्ने योजनासहित खेलकुदको विकास गर्न खेल संस्थाहरुलाई निर्देशन पनि दिनुभएको थियो ।

उपप्रमुख आर्चायले खेल तथा मुलुकको समृद्धि र विकास एकअर्कासंग जोडिएको विषय भएका कारण खेललाई समृद्धिसंग जोडेर अगाडी बढाउने योजनासहित गतिविधि जोड दिनुभयो ।

कार्यक्रममा विशिष्ठ अतिथि नेपाल मार्शलआर्ट हप्कीडो संघका केन्द्रीय अध्यक्ष कालीबहादुर घर्तीमगरले नेपालमा यो खेल नया भएपनि निकै शसक्त ढंगले अगाडी बढेको बताउदै यसको विकासको लागि तल्लोतहबाट काम गरिरहेको बताउनुभयो । उहाले अन्य खेल जस्तै खेलकुद परिषदबाट मान्यता पाएको हप्कीडो खेलले नेपाललाई विश्वमा छोटो समयमा चिनाउन सफल भएको दावी गर्नुभएको थियो ।

संघका जिल्ला अध्यक्ष रेशम महराको अध्यक्षतामा भएको कार्यक्रममा संघका प्रदेश ५ का अध्यक्ष धनबहादुर परियार सुवास, नेपाल खेलकुद पत्रकार मञ्च, रुपन्देहीका अध्यक्ष सुमन अधिकारी, परियार समाजका अध्यक्ष लोकबहादुर परियार, रुपन्देही जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख संगमसिंह थापा लगायत बोल्नुभएको थियो ।

संघको आयोजनामा आगामी चैत्र २४, २५ र २६ गते बुटवलमा राष्ट्रिय स्तरको हप्किडो प्रतियोगिता हुन गैरहेको छ । प्रतियोगितामा महिला र पुरुषतर्फ २५ देखि ७० केजीसम्मका प्रतिस्पर्धाहरु हुने जनाइएको छ । संघ सो प्रतियोगिता भव्य रुपमा सम्पन्न गर्न आयोजनास्थलमा सक्रिय रहेको केन्द्रीय अध्यक्ष घर्तीमगरले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  ७ : २० बजे

Parliamentary Hearing Committee approves Sanil for ambassadorial post

Kathmandu: The Federal Parliament Hearing Committee on Friday unanimously approved

एनसेल खरिदबिक्री विरुद्ध अमरेशकुमार सिंहले गरे सर्वोच्चमा रिट दर्ता

काठमाडौं। एनसेलको शंकास्पद शेयर खरिद बिक्री प्रकरणविरुद्ध सांसद अमरेशकुमार सिंहले

आफू प्रधानमन्त्री रहेसम्म राष्ट्र र जनहित विपरीत कुनै काम हुन दिन्न : प्रचण्ड

सुदूरपश्चिम । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको अर्थतन्त्रको उन्नयनका

आलु, प्याज र स्याउमा भ्याट नलाग्ने

काठमाडौं । आन्तरिक राजस्व विभागले नेपालमै उत्पादन भएका आलु, प्याज,