४ बैशाख २०८३, शुक्रबार | April 18, 2026

रुपन्देही हप्किडो संघको प्रथम अधिवेशन सम्पन्न, महराको नेतृत्वमा नया नेतृत्व चयन



बुटवल । नेपाल मार्शल आर्टस हप्किडो संघ, रुपन्देहीको प्रथम जिल्ला अधिवेशन नया नेतृत्व चयन गर्दै बुटवलमा सम्पन्न भएको छ ।

बुधवार आयोजित प्रथम जिल्ला अधिवेशनले रेशम बहादुर महराको अध्यक्षतामा ११ सदस्यि जिल्ला समिति सर्वसम्मत रुपमा चयन गरेको हो । संघको उपाध्यक्षद्वयमा गणेश पाण्डे र तुल्सीबहादुर भण्डारी, सचिवमा चुमलाल श्रेष्ठ, कोषाध्यक्षमा कुलदिप कार्की तथा सदस्यहरुमा पुजा दर्नाल, कमानसिंह डागी, मीरा पौडेल, दोमन बराल, शंकर घिमिरे र संजीव मास्के निर्वाचित भएका छन् ।

नवनिर्वाचित समितिको घोषणा रुपन्देही जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख संगमसिंह थापाले संघको उद्घाटनसत्रमा गर्नुभएको थियो । नवनिर्वाचित समितिलाई कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमा आर्चायले खादा तथा अविर लगाएर सम्मान गर्नुभएको थियो ।

सो अवसरमा बोल्दै प्रमुख अतिथि उपप्रमसख आर्चायले खेलकुदको विकासका लागि स्थानिय सरकारले निकै महत्व दिएको बताउदै त्यसमा सहभागि भएर अगाडी बढ्न आग्रह गर्नुभयो । उहाले खेललाई राष्ट्रको पहिचानसंग जोडेर खेलाडीको जिविकोपार्जन गर्ने योजनासहित खेलकुदको विकास गर्न खेल संस्थाहरुलाई निर्देशन पनि दिनुभएको थियो ।

उपप्रमुख आर्चायले खेल तथा मुलुकको समृद्धि र विकास एकअर्कासंग जोडिएको विषय भएका कारण खेललाई समृद्धिसंग जोडेर अगाडी बढाउने योजनासहित गतिविधि जोड दिनुभयो ।

कार्यक्रममा विशिष्ठ अतिथि नेपाल मार्शलआर्ट हप्कीडो संघका केन्द्रीय अध्यक्ष कालीबहादुर घर्तीमगरले नेपालमा यो खेल नया भएपनि निकै शसक्त ढंगले अगाडी बढेको बताउदै यसको विकासको लागि तल्लोतहबाट काम गरिरहेको बताउनुभयो । उहाले अन्य खेल जस्तै खेलकुद परिषदबाट मान्यता पाएको हप्कीडो खेलले नेपाललाई विश्वमा छोटो समयमा चिनाउन सफल भएको दावी गर्नुभएको थियो ।

संघका जिल्ला अध्यक्ष रेशम महराको अध्यक्षतामा भएको कार्यक्रममा संघका प्रदेश ५ का अध्यक्ष धनबहादुर परियार सुवास, नेपाल खेलकुद पत्रकार मञ्च, रुपन्देहीका अध्यक्ष सुमन अधिकारी, परियार समाजका अध्यक्ष लोकबहादुर परियार, रुपन्देही जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख संगमसिंह थापा लगायत बोल्नुभएको थियो ।

संघको आयोजनामा आगामी चैत्र २४, २५ र २६ गते बुटवलमा राष्ट्रिय स्तरको हप्किडो प्रतियोगिता हुन गैरहेको छ । प्रतियोगितामा महिला र पुरुषतर्फ २५ देखि ७० केजीसम्मका प्रतिस्पर्धाहरु हुने जनाइएको छ । संघ सो प्रतियोगिता भव्य रुपमा सम्पन्न गर्न आयोजनास्थलमा सक्रिय रहेको केन्द्रीय अध्यक्ष घर्तीमगरले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  ७ : २० बजे

प्रथम खजुरा गोल्डकप : जेविएम फुटबल एकेडेमी लखनउ फाइनलमा प्रवेश

नेपालगन्ज । बाँकेको खजुरामा जारी प्रथम खजुरा गोल्डकपको आजको खेलमा

बुटवलमा एकै दिन ४८ ई-रिक्सा चालक कारबाहीमा

बुटवल । बुटवलमा शुक्रबार एकै दिन ४८ जना ई-रिक्सा चालक

गगन थापा नेतृत्वको कांग्रेसलाई सर्वोच्चको आधिकारीकता

काठमाडौं । नेपाली कांग्रेसको आधिकारीकता सम्बन्धि मुद्दामा सर्वोच्च अदालतबाट गगन

आज पनि केही जिल्लामा वर्षा, अब तराई क्षेत्रमा तातो बढ्ने

काठमाडौँ । आज पनि मौसम बदली भई देशका विभिन्न क्षेत्रमा

घोषित आन्दोलनका कार्यक्रबाट पछि हट्यो एमाले

काठमाडौँ । सरकारका विरुद्ध विविन्न आन्दोलनको कार्यक्रम घोषणा गरेको नेकपा