४ पुस २०८२, शुक्रबार | December 19, 2025

सिरियाको इड्लिबमा हवाई आक्रमण, २९ टर्कीस सेनाको मृत्यु



बिबिसी । सिरियाले गरेको हवाई आक्रमणमा परी २९ जना टर्कीस सैनिकको मृत्यु भएको छ ।

टर्कीका प्रान्तीय गभर्नरका अनुसार सिरियाले गरेको हवाई हमलामा परी २९ जना टर्कीस सैनिकको मृत्यु भएको हो । उनका अनुसार सिरियाको इड्लिबमा भएको हमलामा उक्त आक्रमणमा परी थुप्रै सैन्य अधिकारीहरू घाइते भएका छन् ।

अन्य विवरणहरूका अनुसार मृत्यु हुनेहरूको सङ्ख्या धेरै छ । द सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्स नामक समूहका अनुसार बिहीवार साँझ भएको हवाई हमलामा कम्तीमा ३४ जना मारिएका छन् ।

घटनापछि टर्कीका राष्ट्रपति रेजेप तय्यीप एर्दोआनले सुरक्षा संयन्त्रको उच्चस्तरीय बैठक बोलाएका छन् ।

रुसको समर्थनमा सिरियाली सैन्य बलले विद्रोहीहरूको कब्जामा रहेको इड्लिब प्रान्त आफ्नो कब्जामा फिर्ता लिन चाहेका छन् । ती विद्रोहीहरूलाई टर्कीले समर्थन गरेको छ ।

टर्कीका राष्ट्रपतिले आफूहरूले स्थापना गरेको सैन्य पोस्टबाट सिरियाली फौजलाई फिर्ता पठाउन चाहेका छन् ।

त्यसतर्फ अघि बढ्ने क्रम नरोकिए सिरियामा आक्रमण गर्ने टर्कीले चेतावनी दिएको छ । तर सिरिया सरकार र रुसले त्यस्तो मागलाई अस्वीकार गरिदिएका छन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  ८ : ५४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको