१२ श्रावण २०८१, शनिबार | July 27, 2024

प्याराउमान्टको २५ औं रजत महोत्सव सम्पन्न



बुटवल । तिलोत्तमा नगरपालिका वडा नम्बर १ रहेको प्यारामाउन्ट ईंग्लीस बोडीङ्ग स्कुल ले स्थापनाको २५ औ बर्ष रजत महोत्सवको रुपमा मनाएको छ । शुक्रबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी विद्यालयले रजत महोत्सव मनाएको हो ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष सुरेन्द्र कुमार बर्माको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नं. ५ का उद्योग पर्यटन बन तथा बातावरण मन्त्री लिला गिरीको प्रमुख आतिथ्यता रहेको थियो ।

रजत महोत्सवको उद्घाटन गर्दै प्रदेश ५ का उद्योग पर्यटन वन तथा वतावरण मन्त्री लिला गिरीले अवको शिक्षा विद्यार्थीहरु रुची अनुसारको हुनुपर्ने बताउनुभयो । उहाले विद्यार्थीहरुको रुची अनुसार शिक्षा प्रदान गर्न सकेमा शिक्षा क्षेत्रमा साच्चै नै परिर्वतन आउने भन्दै समय सापेक्ष शिक्षा प्रदान गरे मात्र देशले राम्रो जनशक्ति प्राप्त गर्ने बताउनुभयो । उहाले अव परम्परागत शिक्षा पद्धती भन्दा पनि विद्यार्थीहरुको रुची अनुसारको शिक्षा प्रदान गर्नको लागि अभिभावक संग आग्रह गर्नुभयो ।

नेपालको शैक्षिक ईतिहासमा नीजी क्षेत्रको योगदान विशेष रहेको भन्दै मन्त्री गिरीले प्यारामाउन्टले तिलोत्तमा क्षेत्रको शैक्षिक ईतिहासमा विशेष योगदान दिएको समेत चर्चा गर्नुभयो । वालवालिकाहरुको पहिलो पाठशाला भनेको घर परिवार रहेको भन्दै मन्त्री गिरीले सोही अनुसार उचित स्यहार सुसार अभिभावकहरुले घरमा नै गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै विशिष्ठ आतिथि राष्ट्रिय सभा सदस्य गोपाल प्रसाद भट्राईले पनि समय सापेक्षा शिक्षा प्रदान गर्नु नै अहिलेको आवश्यकता रहेको बताउनुभएको थियो । उहाले अवको शिक्षा अभिभावकहरुको रोजाईंमा भन्दा पनि विद्यार्थीको रुची अनुसारको हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा तिलोत्तमा नगरपालिका शिक्षा, युवा तथा खेलकुद विकास महाशाखा प्रमुख गंगाराम आचार्य, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली लगायतले शुभकामना दिनुभएको थियो ।

विद्यालयका प्रचार्य दामोदर भुषालले विद्यालयले गर्नुभएको कार्यप्रगति विवरण सर्वजनिक गर्दै विद्यालयल प्रदेश ५ कै नमुना विद्यालय बनाउने योजना रहेको बताउनुभयो ।

सोही कार्यक्रममा उत्कृष्ठ विद्यार्थी, वयोवृद्ध अभिभावक, संस्थापकहरु, शिक्षक तथा अभिभावकहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन शिक्षक दिवकार पन्थीले गर्नुभएको थियो ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  ८ : ४५ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान