७ माघ २०८१, सोमबार | January 21, 2025

रियालिटी सो “द लिडर” को बुटवलमा अडिसन हुने



बुटवल । रियालिटी सो “द लिडर”को अडिसन प्रदेश नम्बरको ५ को मुकाम बुटवलमा हुने भएको छ । अडिसनबारे जानकारी दिन शुक्रबार बुटवलमा गरिएको एक पत्रकार सम्मेलनमा सो जानकारी गराईएको हो ।

एसआरबिएन मिडियाले संचालन गर्ने उक्त रियालिटीमा पछिल्लो समय चर्चित संचारकर्मी रवि लामिछानेले मुख्य प्रोमोसन गर्नुहुने छ । बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै एसआरबिएन मिडियाका प्रमुख तथा कार्यक्रमका प्रोडुसर रमेश न्यौपानेले बुटवलमा अडिसन गर्ने निश्चित भएको भन्दै ठाउँ र मितिको बारे भने काठमाडौ पुगेर देशभर अडिसन हुने मिति र ठाउहरुको बारेमा एकैसाथ जानकारी दिने बताउनुभयो । उहाले “द लिडर” एउटा मनोरञ्जनात्मक कार्यक्रम मात्रै नभएर देशको भबिष्यसग जोडिएको बिषय भएको प्रष्ट पार्दै यसमा वाक कला, समस्या समाधानको क्षमता, जागरुकता, देश विकास र नेतृत्वको योजना समेत समेटिने बताउनुभयो । न्यौपानेले भन्नुभयो,’ हामी देशभरबाट उत्कृष्ट १०० जनालाई काठमाडौ लैजान्छौ, त्यसपछि उहाँको चौतर्फी क्षमता हेरेर उत्कृष्ट छान्छौ ।” अडिसनको मुख्य निर्णयाकमा बाबुराम भट्टराई, सुशीला कार्की, रविन्द्र मिश्र, प्रदिप गिरि र प्रदिप नेपाल रहनेछन भने स्थानीय रुपमा अडिसन हुँदा स्थानीय स्तरकै जजहरु र रवि लामिछानेले पनि जजको भुमिकामा रहनेछन् । झन्डै ८ करोडको अनुमानित खर्च रहेको जानकारी दिदै आयोजकले प्रतिस्पर्धामा पहिलो हुनेलाई २० लाख नगद, काठमाडौंमा एउटा अपार्टमेन्ट, नयाँ मोडेलको गाडी समेत उपलब्ध गराउने र क्रमश उत्कृष्ट ३ लाई पनि विशेष पुरस्कारको ब्यवस्था गरेको बताएको छ ।

बिश्व परिवेशमै नयाँ आयाम ठानिएको सो कार्यक्रमले नयाँ बहसको थालनी गर्ने र देश परिवर्तनको नयाँ भिजन समेत आउने अपेक्षा राखिएको छ ।

कार्यक्रमको news24 टेलिभिजन, रमाईलो HD च्यानल र गुन्द्रुक app बाट हेर्न सकिन्छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार  ९ : १५ बजे

मालपोत कार्यालय टीकापुर भ्रष्टाचार प्रकरण : आठ जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौँ । विशेष अदालतले मालपोत कार्यालय, टीकापुर कैलालीका तत्कालीन कार्यालय

आफ्नै साथीमाथि खुकुरी प्रहार गरेको अभियोगमा पाँच जना पक्राउ

धरान । साथीमाथि खुकुरी प्रहार गरेको अभियोगमा पाँच जना पक्राउ

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : पचास लाख धरौटी बुझाएर जोशी रिहा

काठमाडौँ ।काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको मुद्दामा नेपाल प्रहरीका पूर्व

सीमा क्षेत्रमा अपराधिक गतिविधि रोक्न समझदारी

रसुवा । नेपालको उत्तरी रसुवागढी नाका क्षेत्रमा हुन सक्ने अपराधिक

स्वास्थ्य बिमामा सुधार कार्ययोजनाको प्रक्रिया सुरु

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमा सुधार