१३ जेष्ठ २०८३, बुधबार | May 27, 2026

रियालिटी सो “द लिडर” को बुटवलमा अडिसन हुने



बुटवल । रियालिटी सो “द लिडर”को अडिसन प्रदेश नम्बरको ५ को मुकाम बुटवलमा हुने भएको छ । अडिसनबारे जानकारी दिन शुक्रबार बुटवलमा गरिएको एक पत्रकार सम्मेलनमा सो जानकारी गराईएको हो ।

एसआरबिएन मिडियाले संचालन गर्ने उक्त रियालिटीमा पछिल्लो समय चर्चित संचारकर्मी रवि लामिछानेले मुख्य प्रोमोसन गर्नुहुने छ । बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै एसआरबिएन मिडियाका प्रमुख तथा कार्यक्रमका प्रोडुसर रमेश न्यौपानेले बुटवलमा अडिसन गर्ने निश्चित भएको भन्दै ठाउँ र मितिको बारे भने काठमाडौ पुगेर देशभर अडिसन हुने मिति र ठाउहरुको बारेमा एकैसाथ जानकारी दिने बताउनुभयो । उहाले “द लिडर” एउटा मनोरञ्जनात्मक कार्यक्रम मात्रै नभएर देशको भबिष्यसग जोडिएको बिषय भएको प्रष्ट पार्दै यसमा वाक कला, समस्या समाधानको क्षमता, जागरुकता, देश विकास र नेतृत्वको योजना समेत समेटिने बताउनुभयो । न्यौपानेले भन्नुभयो,’ हामी देशभरबाट उत्कृष्ट १०० जनालाई काठमाडौ लैजान्छौ, त्यसपछि उहाँको चौतर्फी क्षमता हेरेर उत्कृष्ट छान्छौ ।” अडिसनको मुख्य निर्णयाकमा बाबुराम भट्टराई, सुशीला कार्की, रविन्द्र मिश्र, प्रदिप गिरि र प्रदिप नेपाल रहनेछन भने स्थानीय रुपमा अडिसन हुँदा स्थानीय स्तरकै जजहरु र रवि लामिछानेले पनि जजको भुमिकामा रहनेछन् । झन्डै ८ करोडको अनुमानित खर्च रहेको जानकारी दिदै आयोजकले प्रतिस्पर्धामा पहिलो हुनेलाई २० लाख नगद, काठमाडौंमा एउटा अपार्टमेन्ट, नयाँ मोडेलको गाडी समेत उपलब्ध गराउने र क्रमश उत्कृष्ट ३ लाई पनि विशेष पुरस्कारको ब्यवस्था गरेको बताएको छ ।

बिश्व परिवेशमै नयाँ आयाम ठानिएको सो कार्यक्रमले नयाँ बहसको थालनी गर्ने र देश परिवर्तनको नयाँ भिजन समेत आउने अपेक्षा राखिएको छ ।

कार्यक्रमको news24 टेलिभिजन, रमाईलो HD च्यानल र गुन्द्रुक app बाट हेर्न सकिन्छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार  ९ : १५ बजे

समयसीमाभित्रै महाधिवेशन हुन्छ : कांगेस महामन्त्री घिमिरे

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले नेपाली कांग्रेसको १५औँ

प्रधानमन्त्री माग्दै संसदमा हर्क साम्पाङको विरोध, सभामुखसँग सवालजवाफपछि बैठक बहिष्कार

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीलाई संसदमा

स्वास्थ्यमन्त्री मेहताको भुटानी समकक्षीसँग भेटवार्ता

काठमाडौं । भुटानका स्वास्थ्यमन्त्री लियोन्पो तान्डिन वाङचुकबीच स्वास्थ्य तथा खाद्य

मानव अधिकार संरक्षणका लागि आयोग सधैं चनाखो हुनुपर्छ : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले मानव अधिकार

हिमाली वातावरणको संरक्षण आजको आवश्यकता हो : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले दिगो हिमाली पर्यटन, जिम्मेवार पर्वतारोहण