४ बैशाख २०८३, शुक्रबार | April 17, 2026

सातौ मणिमुकुन्द रनिङशिल्ड अन्तर जिल्ला पुरुष भलिबल प्रतियोगिता फागुन १९ बाट



बुटवल । मणिमुकुन्द भलिबल क्लबले फागुन १९ गतेबाट सातौ मणिमुकुन्द रनिङशिल्ड अन्तर जिल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

शनिबार पत्रकार सम्मेलन गरि क्लबका अध्यक्ष लोकेन्द्र कुमार भण्डारीले प्रतियोगिताको तयारी पुरा भएको बताउनुभयो । यसवर्ष प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख २ हजार २ सय २२, उपविजेताले नगद ७२ हजार २ सय २२, तृतिय टिमले नगद ४५ हजार ५ सय ५५ तथा सान्त्वना टिमले नगद २५ हजार ५ सय ५५, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उहाले बताउनुभयो । यसैगरि विद्यागत रुपमा सर्वोत्कृष्ट र अनुसासित खेलाडीलाई नगद ५–५ हजार रुपैया तथा अन्य उत्कृष्ट खेलाडीहरुलाई नगद ३ हजार रुपैया र कपबाट पुरस्कृत गरिने उहाले बताउनुभयो ।

प्रतियोगितामा गण्डकी र ५ नम्बर प्रदेशका १२ जिल्लाका उत्कृष्ट टिमहरुले सहभागिता जनाउने संयोजक सुरेन्द्र गुरुङ बताउनुभयो । प्रतियोगिता आयोजना गर्न करीब १६ लाख खर्च हुने अनुमान आयोजकको छ । चार दिनसम्म चल्ने प्रतियोगिता शंकरनगरस्थित मणिमुकुन्द भलिबल कोर्टमा हुने छ ।

रुपन्देही भलिबल संघका पुर्वअध्यक्ष तथा क्लबका सल्लाहकार विष्णुकुमार श्रेष्ठले जिल्ला भलिबल खेलमा उर्वरभुमि रहेको बताउनुभयो । आफनो कार्यकालमा ७७ जिल्लामा नै उत्कृष्ट जिल्ला घोषणा भएको स्मरण गर्दै राष्ट्रिय खेल घोषणापछि भलिबलको विकासमा सरकारको लगानी न्युन भएको गुनासो गर्नुभयो ।

कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष मिलन रानाले स्थानिय खेलप्रेमी र खेलाडीहरुको अगुवाईमा क्लब गतिशिल भएको बताउनुभयो ।

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार  ६ : १५ बजे

बुटवलमा एकै दिन ४८ ई-रिक्सा चालक कारबाहीमा

बुटवल । बुटवलमा शुक्रबार एकै दिन ४८ जना ई-रिक्सा चालक

गगन थापा नेतृत्वको कांग्रेसलाई सर्वोच्चको आधिकारीकता

काठमाडौं । नेपाली कांग्रेसको आधिकारीकता सम्बन्धि मुद्दामा सर्वोच्च अदालतबाट गगन

आज पनि केही जिल्लामा वर्षा, अब तराई क्षेत्रमा तातो बढ्ने

काठमाडौँ । आज पनि मौसम बदली भई देशका विभिन्न क्षेत्रमा

घोषित आन्दोलनका कार्यक्रबाट पछि हट्यो एमाले

काठमाडौँ । सरकारका विरुद्ध विविन्न आन्दोलनको कार्यक्रम घोषणा गरेको नेकपा

मालपोत भैरहवाका नायव सुब्बा २ लाख घुस रकमसहित पक्राउ

बुटवल। रुपन्देहीको भैरहवास्थित मालपोत कार्यालयका एक कर्मचारी दुई लाख रुपैयाँ