२७ जेष्ठ २०८३, बुधबार | June 10, 2026

चादलाई फुटसलको उपाधि



बुटवल । लायन्स क्लब अफ बुटवल स्टार्सको आयोजनामा भएको मैत्रीपुर्ण फुटसल प्रतियोगिताको उपाधि चाद क्लब बुटवलले चुमेको छ । शुक्रबार भएको फाईनल खेलमा मोबाईल समितिलाई फाईनलमा ४–१ गोलले पराजित गर्दै उपाधि हात परेको हो ।

प्रतियोगितामा पत्रकार टिमका स्वस्तिक श्रेष्ठ सर्वाधिक गोलकर्ता तथा सर्वोत्कृट खेलाडी घोषणा हुदै पुरस्कृत भए । पत्रकारको टिम खेलमा तृतिय स्थान हासिल गरेको छ ।

एक कार्यक्रमको बिच लायन्स क्लब अफ ईन्टरनेश्नल ३२५ का मल्टिपल चेयरमेन पिएजेएफ सुनिल ओझा, अतिथि डिष्ट्रिक चिफ एडभाईजर एमजेएफ अर्जुनमान सैजु, सुरेसरत्न बज्राचार्य, लायन्स क्लब अफ बुटवल स्टार्सका अध्यक्ष एमजेएफ दिपक भट्टराई, कार्यक्रम संयोजक अब्दुल सलामत खान, सहसचिव भुपेन्द्र अर्याल, एन्जिल मोहमद खानले विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा लायन्स क्लब अफ बुटवल स्मार्टसिटि, लायन्स क्लब अफ बुटवल स्टार्स, चाद क्लब, पत्रकार र मोबाईल समिति गरि ५ टिमको सहभागिता रहेको थियो ।

समाजमा विभिन्न पेशा र सेवामा आवद्ध युवाहरुमाझ खेलमार्फत भातृत्व विकास गर्ने लक्ष्यसहित गतवर्षदेखि क्लबले फुटसल प्रतियोगिता गर्दै आएको लायन्स क्लब अफ बुटवल स्टार्सका अध्यक्ष एमजेएफ दिपक भट्टराईले बताउनुभयो । गतवर्ष पत्रकारको टिम विजेता रहेको थियो

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार  ६ : ३२ बजे

मनास्लु आरोहणको ७० वर्ष : आरोहीलाई सम्मान

काठमाडौं । मनास्लु हिमाल आरोहणको ७० वर्ष पुरा भएको अवसरमा

प्रधानमन्त्री फेरि के बोल्ने हुन् भन्ने डर छ : भीष्मराज आङ्देम्बे

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता

प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’ सँग सम्बन्धित रहेको परराष्ट्रमन्त्री प्रष्टोक्ति

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाहले यही जेठ

एमसिए-नेपालद्वारा दुई नयाँ सबस्टेशन र २९७ किमि प्रसारण लाइन निर्माण सुरु

नुवाकोट । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समितिले आज मिलेनियम

सामाजिक सञ्जालमार्फत यौनजन्य गतिविधि सञ्चालन गर्ने १६ जना पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत ग्राहक खोजी गरी होटलहरूमा यौनजन्य अनैतिक