४ पुस २०८२, शुक्रबार | December 19, 2025

घरेलु साना तथा औद्येगिक महोत्सव सफल पार्न अन्तरक्रिया



बुटवल । ‘मेहनत सृजना उत्पादन र वस्तुःमेरै नेपालको’ भन्ने मुख्य नाराका साथ बुटवलमा प्रथम प्रादेशिक लघु घरेलु साना तथा औद्येगिक कृषि प्रविधि व्यापार एवं पर्यटक महोत्सवलाई सफल पार्नको लागि अन्तरक्रिया शुरु भएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासघ प्रदेश महिला उद्यमी समिति प्रदेश नं ५को आयोजनामा गर्न लागिएको प्रादेशिक स्तरको महोत्सवलाई सफल पार्नको लागि बुटवल ११ भित्रका टोल विकास समितिका पदाधीकारीसंघ शनिबार छलफल गरिएको हो ।
प्रदेश महिला उद्यमी समिति प्रदेश ५ का संयोजक शान्ती शर्माले पहिलो पटक मेला सञ्चालन गर्न लागिएकोले सबैलाई सहयोग गर्न आग्रह गर्नुभएको छ ।

अन्तरक्रियामा बोल्दै नेपाल घरेलु तथा साना उद्योग महासघं रुपन्देही अध्यक्ष कन्हैयालाल कसौधनले यो मेला सबैको भएकोले सहयोग गर्न आग्रह गर्नुभएको हो ।
टोल समितिका प्रतिनीधिले मेला सफल बनाउनको लागि बिभिन्न शुझाबहरु दिएका थिए । महिलाले नै गरेको मेला भएकोले बिशेष सहयोग गर्ने उहाहरुको भनाई थियो ।
२०४७ सालमा स्थापना भएको नेपाल घरेलु तथा साना उद्योग महासघ आफैमा देशको निजि उद्यमीहरुको छाता संगठन हो । जस भित्र उद्यम गरिरहेका महिलाहरुको छुट्टै महिला समिति बनेको र सोहि समितिले महोत्सवको आयोजना गरेको शर्माको भनाई छ ।

महोत्सवमा ३ सय भन्दा वढि स्टलहरुको सहभागिता रहने प्रदेश महिला उद्यमी समिति प्रदेश ५ का संयोजक शान्ती शर्माले बताउनुभयो । उहाले भन्नुभयो –‘महोत्सवले नविनतम प्रविधिजन्य उत्पादनहरु, महिला तथा स्थानिय स्तरका उत्पादनलाई उच्च प्राथमिकता दिने छ ।
उहाले स्वदेशी वस्तुको प्रवद्धनका लागि विशेष प्राथमिकता दिईएको महोत्सवले स्थानिय उत्पादनको दिगो बजारीकरणमा सहयोग पु¥याउने अपेक्षा आयोजकको रहेको बताउनुभयो ।

महोत्सवमा कृषि बनपैदावार, हस्तकला, उर्जा, वायोग्यास, सहित प्रर्यटन प्रवद्धनका स्टलहरुको पनि सहभागिता रहने छ । पेशागत सम्मानको वातावरण निमार्ण गरि लघु घरेलु उद्योग मार्फत युवाहरुलाई स्वरोजगार बनाउने लक्ष्य पनि राखिएको छ ।

महोत्सवमा राष्ट्रिय स्तरका लघु घरेलु तथा साना उद्योगहरुवाट उत्पालदित बस्तु एवं सामाग्रीहरु र प्रदेश ५ को मौलिक संस्कृतिको प्रर्दशनी, कृषि उत्पादन एवं प्रविधिको प्रदर्शनी, स्थानिय पर्यटकीय स्थलको जानकारी मुलक प्रदर्शनी, महिला उद्यामीहरुद्धारा उत्पादित हस्तकलाका सामाग्रि एवं वस्तुहरुको प्रर्दशनी, नविनतम प्रविधि एवं बैकल्पिक उर्जाको प्रदर्शनी,बैक तथा वित्तिय सघ संस्था एवं सेवा प्रदायक सघ संस्थाहरुको प्रर्दशनी,विभिन्न औघोगिक तथा व्यापारिक प्रतिष्ठानहरुवाट उत्पिादित वस्तु तथा सामाग्रिहरुको प्रर्दशनी लगायतका कुराहरु राखिने आयोजकले जनाएका छन् ।


एक करोडको आर्थिक कारोवार एवं ५ लाख दर्शकहरुले अवलोकन गर्ने लक्ष्य राखिएको महोत्सवको तयारी समेत तिव्र बनाईएको छ । फागुन २१ देखि चैत्र २ गते सम्म बुटवल उपमहानगरपालिका वडा न ११ देविनगर रंगशाला नजिकैको खुल्ला मैदानमा महोत्सव सञ्चानल हुने छ ।
जहां ३ सय वढि स्टलहरुको सहभागता रहने र महोत्सवलाई रचनात्मक ढंगले संचालन गरिने बताईएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार  ७ : ०१ बजे

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा