२३ आश्विन २०८३, शुक्रबार | October 9, 2026

कतै वर्षा कतै हिमपात : यस्तो छ मौसमको अवस्था



काठमाडौ । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको पश्चिमी भू–भागमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । जसका कारण पश्चिमी भागमा सामान्य र बाँकी भागमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ ।

आगामी २४ घण्टामा पहाडी भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको भन्दै महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

आगमी तीन दिनको मौसम विवरण सार्वजनिक गर्दै महाशाखाले आइतबार (आज) दिउँसो पश्चिमी भागसहित मध्य र पूर्वी पहाडी भागमा बदली रहने जानकारी दिएको छ । बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ । अपरान्ह पश्चात पहाडी भागका केही स्थानमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमालि भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आइतबार राति पश्चिमी भागसहित मध्य र पूर्वी पहाडी भागमा आंशिक बदली रहनेछ । बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना छ ।

सोमबार दिउँसो पूर्वी, मध्य तथा पश्चिमी भागमा बदली रहनेछ । पूर्वी तथा मध्य भागलगायत पश्चिमी पहाडका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना छ ।

सोमबार राति पूर्वी भागमा सामान्य बदली रही मध्य तथा पश्चिमी भागमा आंशिक बदली रहनेछ । पहाडी भागका एक दुई स्थानमा मेघ गर्जन रचट्याङसहित वर्षाको सम्भावना छ ।

मंगलबार दिउँसो पूर्वी, मध्य तथा पश्चिमी भागमा आंशिक बदली रहनेछ । पुर्वी पहाडी, मध्य तथा पश्चिमी पहाडी भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना छ ।

मंगलबार राति देशको पुर्वी, मध्य तथा पश्चिमी भागमा बदली रही मध्य तथा पूर्वी पहाडी भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  ८ : ४९ बजे

पोखरा स्कुल बस दुर्घटनाका तीन जना मृतक र घाइतेको पहिचान खुल्यो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ कालिकामा आज भएको स्कुल बस

कांग्रेस महाधिवेशन : मतदान समय ५ बजेसम्म थपियो

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने

काठमाडौं । सत्तारुढ रास्वपा सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालत

रुपन्देहीबाट लाखौं मूल्यका ९ बोरा अबैध पटाकासहित ४ जना पक्राउ

बुटवल । रुपन्देहीको सैनामैनाबाट प्रहरीले लाखौं मूल्यको अबैध पटाका बरामद