२१ भदौ २०८३, आइतबार | September 7, 2026

कतै वर्षा कतै हिमपात : यस्तो छ मौसमको अवस्था



काठमाडौ । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको पश्चिमी भू–भागमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । जसका कारण पश्चिमी भागमा सामान्य र बाँकी भागमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ ।

आगामी २४ घण्टामा पहाडी भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको भन्दै महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

आगमी तीन दिनको मौसम विवरण सार्वजनिक गर्दै महाशाखाले आइतबार (आज) दिउँसो पश्चिमी भागसहित मध्य र पूर्वी पहाडी भागमा बदली रहने जानकारी दिएको छ । बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ । अपरान्ह पश्चात पहाडी भागका केही स्थानमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमालि भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आइतबार राति पश्चिमी भागसहित मध्य र पूर्वी पहाडी भागमा आंशिक बदली रहनेछ । बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना छ ।

सोमबार दिउँसो पूर्वी, मध्य तथा पश्चिमी भागमा बदली रहनेछ । पूर्वी तथा मध्य भागलगायत पश्चिमी पहाडका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना छ ।

सोमबार राति पूर्वी भागमा सामान्य बदली रही मध्य तथा पश्चिमी भागमा आंशिक बदली रहनेछ । पहाडी भागका एक दुई स्थानमा मेघ गर्जन रचट्याङसहित वर्षाको सम्भावना छ ।

मंगलबार दिउँसो पूर्वी, मध्य तथा पश्चिमी भागमा आंशिक बदली रहनेछ । पुर्वी पहाडी, मध्य तथा पश्चिमी पहाडी भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना छ ।

मंगलबार राति देशको पुर्वी, मध्य तथा पश्चिमी भागमा बदली रही मध्य तथा पूर्वी पहाडी भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  ८ : ४९ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त