१३ फाल्गुन २०८२, बुधबार | February 25, 2026

पुरै टोल क्यान्सर पीडित, अढाइ वर्षमा २६ जनाको मृत्यु



सर्लाही । सर्लाहीको हरिवन नगरपालिकाको तीनवटा टोलमा क्यान्सर प्रकोपको रुपमा फैलिएको छ । हरिवन नगरपालिका–५ घुर्कौलीको सिद्धार्थ टोल, धनपति टोल र गोले टोलका २६ जनाले अढाइ वर्षको अन्तरालमा क्यान्सरका कारण ज्यान गुमाएका छन् ।

तीनवटै टोलमा क्यान्सर रोग प्रकोपका रूपमा फैलिएको छ । जसका कारण हाल पनि उक्त टोलमा आठ जना क्यान्सरका बिरामी उपचाररत छन् । दूषित पानीका कारण टोलमा क्यान्सर प्रकोपका रूपमा फैलिएको वडा नं ५ का अध्यक्ष नागेन्द्र साहले बताउनुभयो ।

क्यान्सरपीडित तथा ज्यान गुमाउने अधिकांशलाई घाँटी र फोक्सोको क्यान्सर भएको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनका डा सविन अधिकारीले जानकारी दिनुभयो । दूषित पानीका कारण क्यान्सर लाग्ने गरेको डा अधिकारीको भनाइ छ ।

उक्त टोलका दुई÷तीन जनाको उपचार आफूले गरेको र सो टोलमा पिउने पानीमा समस्या रहेको विषय थाहा पाएको डा अधिकारीले बताउनुभयो । क्यान्सरपीडित टोलमा सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले पानी परीक्षण शुरु गरेको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका राजेश कुशवाहले बताउनुभयो ।

गाउँमा पानीका कारण क्यान्सर भएको भन्ने समाचार आएलगत्तै विभागबाट पानी परीक्षणका लागि परीक्षण किटलगायतका सामानको व्यवस्थापन गरी काम शुरु भएको कुशवाहले बताउनुभयो । पानी परीक्षणबाट टोलका चापाकलको पानीमा अत्यधिकमात्रामा आर्सेनिक फेला परेको छ ।

परीक्षणका क्रममा चापाकलबाट सङ्कलन गरेको पानीको नमूनाबाट ०।०६३ मिलिग्रामसम्म आर्सेनिक फेला परेको विभागका कर्मचारी मनोज अधिकारीले बताउनुभयो । सामान्यतया मानव स्वास्थ्यका हिसाबले ०।०१ सम्मको पानी अत्यावश्यक अवस्थामा प्रयोग गर्न सकिने अधिकारीको भनाइ छ ।

पूरै गाउँमा रहेको चापाकल तथा स्थानीयले प्रयोग गर्ने पानीको स्रोतबाट नमूना पानी सङ्कलन गरिएको र उक्त पानीको आर्सेनिकसहित २७ थरीका पारामिटर परीक्षण गरिने विभागले जनाएको छ ।

खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले तत्काल शुद्ध खानेपानीको व्यवस्था गर्ने जनाएको छ । पानीमा देखिएको आर्सेनिकका कारण स्थानीयको स्वास्थ्यमा असर परेको भन्दै उनीहरूलाई तत्काल शुद्ध खानेपानीको व्यवस्था गरिने आयोजनाले जनाएको छ ।

वडामा खानेपानीको ठूला परियोजनासमेत सञ्चालन भइरहेको छ । टोलका झण्डै ४ सय परिवारमा क्यान्सरको त्रास रहेको भन्दै चापाकलको पानी प्रयोग नगर्न चिकित्सकले आग्रह गरेका छन ।

विगत सात वर्षअघिदेखि टोलका केही चापाकलमा पहेँलो पानी आउने गरेको स्थानीय अमरलाल तामाङले बताउनुभयो । उहाका अनुसार नुहाउँदा जिउमा डाज आउने र एलर्जी हुने, लुगा धुँदा सफा नहुने गरेको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  ४ : १५ बजे

हुम्लाका पन्ध्र मतदान केन्द्रमा तीन सयभन्दा कम मतदाता

हुम्ला । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हुम्लामा कायम गरिएका

गैँडाकोटमा चोटपटकसहित मृतावस्थामा युवती फेला

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–२ शान्तिनगरमा एक युवती

आजको मौसम पहाडी र हिमाली भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको

३९ जना मतदाता रहेको साङ्ता मतदान केन्द्र जाने सडकको हिउँ पन्छाइँदै

मुस्ताङ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

निर्वाचन आठ दिन बाँकी : प्रचारप्रसारमा अवरोध गरे यस्तो हुनेछ सजाय

काठमाडौँ । फरक राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा कुनै