४ बैशाख २०८३, शुक्रबार | April 18, 2026

एसियन च्यालेन्जर ट्रफी क्रिकेट प्रतियोगिता, असरक स्पोर्टस् र शंकरनगर क्रिकेट क्लब विजयी



भैरहवा । भैरहवामा सञ्चालित अन्तरदेशीय एसियन च्यालेन्जर ट्रफी (क्लब) क्रिकेट प्रतियोगिता अन्र्तगत आइतबार भएको खेलमा असरक स्पोर्टस् क्लब बंगलादेश र शंकरनगर क्रिकेट क्लब रुपन्देही विजयी भएका छन् ।

असरक स्पोर्टस्ले वेस्टर्न क्रिकेट क्लब बुटवललाई ४३ रनले र शंकरनगर क्रिकेट क्लबले गुजरात लायन्स पाकिस्तानलाई ९ विकेटले पराजित गरेको हो ।पहिलो खेलमा टस जितेर व्याटिङ गरेको असरक स्पोर्टस्ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १२३ रनको योगफल बनायो । उसका लागि अली समदले ४८, ओस्कर कोल्कले २० र हमिद अहमदजाईले १५ रनको योगदान गरे ।

बलिङमा वेस्टर्नका कृष्ण कार्की र हर्जित सिंहले २/२ तथा विक्रम सोब, सागर ढकाल र कुशल भुर्तेलले १/१ विकेट लिए ।जवाफमा वेस्टर्नले १५ दशमलव ५ ओभरमा ९ विकेट गुमाउँदै ८० रन बनायो । उसका लागि प्रदिप ऐरीले २३ र सुमित महर्जनले ११ रनको योगदान गरे । बलिङमा असरक स्पोर्टस्का अलि समदले ३, मोहम्मद सजाद हुसेनले २ तथा निश्कोलस विल्सन, ओस्कर कोल्क र मनान चावलाले १/१ विकेट लिए ।

खेलमा असरक स्पोर्टस्का अली समद म्यान अफ द म्याच घोषित भए ।दोस्रो खेलमा टस जितेर व्याटिङ गरेको गुजरात लायन्सले निर्धारित २० ओभरमध्ये १८ दशमलव ३ ओभरमा १० विकेट गुमाउँदै ९३ रनको योगफल बनायो । उसका लागि जफिर जमसिदले २५ र सैद इसरार साहले २१ रनको योगदान गरे ।

बलिङमा शंकरनगर क्रिकेट क्लबका विक्रम भुसालले ३, दुर्गेश गुप्ता, सन्दिप सुनार र अनिल खरेलले २÷२ तथा सुरज दराईले १ विकेट लिए ।जवाफमा शंकरनगर क्रिकेट क्लबले १२ दशमलव २ ओभरमा १ विकेटको क्षतिमा ९४ रन बनायो । उसका लागि शंकर रानाले ३७ (नटआउट), देव खनालले २३ (नटआउट) र सन्दिप सुनारले १६ रनको योगदान गरे । बलिङमा गुजरात लायन्सका मजिद इलियासले १ विकेट लिए । खेलमा शंकरनगर क्रिकेट क्लबका विक्रम भुसाल घोषित भए ।

सोमबारको पहिलो खेल सहारा क्रिकेट क्लब हैदराबाद (भारत) र राइनो क्रिकेट क्लब काठमाण्डौं तथा दोस्रो खेल अल्फा वारियर्स मुम्बई र वेस्टर्न क्रिकेट क्लब बुटवलबीच हुने रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले बताए । भैरहवा क्वीन्स प्रा.लि.को आयोजना, राइनो स्पोर्ट्सको संयोजन तथा रुपन्देही क्रिकेट संघको प्राविधिक सहयोगमा भैरहवास्थित सिद्धार्थ रंगशालामा सञ्चालित अन्तरदेशीय टी–ट्वान्टी प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश पाकिस्तानका गरी ८ वटा व्यवसायिक क्लबले प्रतिष्पर्धा गर्दैछन् ।

प्रतियोगिताको ह्वाक नेपाल, कामना सेवा बैंक, स्प्यारो एसएमएसले प्रायोजन गरेको छ भने प्रतियोगिताको विजेताले ३ लाख नगद पुरस्कार पाउनेछ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  ६ : ४४ बजे

प्रथम खजुरा गोल्डकप : जेविएम फुटबल एकेडेमी लखनउ फाइनलमा प्रवेश

नेपालगन्ज । बाँकेको खजुरामा जारी प्रथम खजुरा गोल्डकपको आजको खेलमा

बुटवलमा एकै दिन ४८ ई-रिक्सा चालक कारबाहीमा

बुटवल । बुटवलमा शुक्रबार एकै दिन ४८ जना ई-रिक्सा चालक

गगन थापा नेतृत्वको कांग्रेसलाई सर्वोच्चको आधिकारीकता

काठमाडौं । नेपाली कांग्रेसको आधिकारीकता सम्बन्धि मुद्दामा सर्वोच्च अदालतबाट गगन

आज पनि केही जिल्लामा वर्षा, अब तराई क्षेत्रमा तातो बढ्ने

काठमाडौँ । आज पनि मौसम बदली भई देशका विभिन्न क्षेत्रमा

घोषित आन्दोलनका कार्यक्रबाट पछि हट्यो एमाले

काठमाडौँ । सरकारका विरुद्ध विविन्न आन्दोलनको कार्यक्रम घोषणा गरेको नेकपा