१२ श्रावण २०८१, शनिबार | July 27, 2024

घरेलु साना तथा औद्योगिक महोत्सव : सहयोग गर्ने साझा प्रतिबद्धता



बुटवल । बुटवलमा हुन लागेको प्रथम प्रादेशिक लघु घरेलु साना तथा औद्येगिक कृषि प्रविधि व्यापार एवं पर्यटक महोत्सवलाई सफल बनाउनको लागि साझा प्रतिबद्दता दिएका छन् ।

नेपाल घरेलु तथा साना उद्योग महासघ प्रदेश महिला उद्यमी समिति प्रदेश नं ५ को आयोजनामा गर्न लागिएको प्रादेशिक स्तरको महोत्सवलाई सफल पार्नको लागि जनपप्रतिनीधि एव बिभन्नि संघ सस्थाका ब्यक्तिहरुसंग गरिएको अन्तरक्रियामा आ आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

प्रदेश महिला उद्यमी समिति प्रदेश ५ का संयोजक शान्ती शर्माले पहिलो पटक मेला सञ्चालन गर्न लागिएकोले सबैलाई सहयोग गर्न आग्रह गर्नुभएको हो । महोत्सवमा ३ सय भन्दा वढि स्टलहरुको सहभागिता रहने प्रदेश महिला उद्यमी समिति प्रदेश ५ का संयोजक शान्ती शर्माले बताउनुभयो ।

उहाले स्वदेशी वस्तुको प्रवद्धनका लागि विशेष प्राथमिकता दिईएको महोत्सवले स्थानिय उत्पादनको दिगो बजारीकरणमा सहयोग पु¥याउने अपेक्षा आयोजकको रहेको बताउनुभयो । संस्थाकी महासचिव पार्वती अधिकारीले मेलामा स्टल निर्माणकोका काम ७० प्रतिशत सम्म सकिएको बताउनुभयो । उहाले अन्य कामहरु पनि निरन्तर रुपमा अगाडि बढिरहेको बताउनुभयो ।

शुरक्षा निकाय संग छलफल

मेला सञ्चालन गर्नको लागि शुरक्षा निकायका प्रतिनिधी संगपनि छलफल भएको छ । मध्यपश्चिम प्रधान हेडक्वाटरका महाशेनानी किरण राज श्रेष्ठ, प्रहरी कार्यालय देबीनगरका प्रहरी नायब निरीक्षक हुम बहादुर खत्री लगायतको टोलीले आवश्यक शुरक्षा व्यवस्थाको प्रबन्ध गर्ने प्रतिबद्धता जनाएका थिए ।

महोत्सवमा कृषि बनपैदावार, हस्तकला, उर्जा, वायोग्यास, सहित प्रर्यटन प्रवद्धनका स्टलहरुको पनि सहभागिता रहने छ । पेशागत सम्मानको वातावरण निमार्ण गरि लघु घरेलु उद्योग मार्फत युवाहरुलाई स्वरोजगार बनाउने लक्ष्य पनि राखिएको छ ।

महोत्सवमा राष्ट्रिय स्तरका लघु घरेलु तथा साना उद्योगहरुवाट उत्पालदित बस्तु एवं सामाग्रीहरु र प्रदेश ५ को मौलिक संस्कृतिको प्रर्दशनी, कृषि उत्पादन एवं प्रविधिको प्रदर्शनी, स्थानिय पर्यटकीय स्थलको जानकारी मुलक प्रदर्शनी, महिला उद्यामीहरुद्धारा उत्पादित हस्तकलाका सामाग्रि एवं वस्तुहरुको प्रर्दशनी, नविनतम प्रविधि एवं बैकल्पिक उर्जाको प्रदर्शनी,बैक तथा वित्तिय सघ संस्था एवं सेवा प्रदायक सघ संस्थाहरुको प्रर्दशनी,विभिन्न औघोगिक तथा व्यापारिक प्रतिष्ठानहरुवाट उत्पिादित वस्तु तथा सामाग्रिहरुको प्रर्दशनी लगायतका कुराहरु राखिने आयोजकले जनाएका छन् ।

एक करोडको आर्थिक कारोवार एवं ५ लाख दर्शकहरुले अवलोकन गर्ने लक्ष्य राखिएको महोत्सवको तयारी समेत तिव्र बनाईएको छ । फागुन २१ देखि चैत्र २ गते सम्म बुटवल उपमहानगरपालिका वडा न ११ देविनगर रंगशाला नजिकैको खुल्ला मैदानमा महोत्सव सञ्चानल हुने छ ।
जहां ३ सय वढि स्टलहरुको सहभागता रहने र महोत्सवलाई रचनात्मक ढंगले संचालन गरिने बताईएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  ६ : ५२ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान