१ माघ २०८२, बिहिबार | January 15, 2026

घरेलु साना तथा औद्योगिक महोत्सव : सहयोग गर्ने साझा प्रतिबद्धता



बुटवल । बुटवलमा हुन लागेको प्रथम प्रादेशिक लघु घरेलु साना तथा औद्येगिक कृषि प्रविधि व्यापार एवं पर्यटक महोत्सवलाई सफल बनाउनको लागि साझा प्रतिबद्दता दिएका छन् ।

नेपाल घरेलु तथा साना उद्योग महासघ प्रदेश महिला उद्यमी समिति प्रदेश नं ५ को आयोजनामा गर्न लागिएको प्रादेशिक स्तरको महोत्सवलाई सफल पार्नको लागि जनपप्रतिनीधि एव बिभन्नि संघ सस्थाका ब्यक्तिहरुसंग गरिएको अन्तरक्रियामा आ आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

प्रदेश महिला उद्यमी समिति प्रदेश ५ का संयोजक शान्ती शर्माले पहिलो पटक मेला सञ्चालन गर्न लागिएकोले सबैलाई सहयोग गर्न आग्रह गर्नुभएको हो । महोत्सवमा ३ सय भन्दा वढि स्टलहरुको सहभागिता रहने प्रदेश महिला उद्यमी समिति प्रदेश ५ का संयोजक शान्ती शर्माले बताउनुभयो ।

उहाले स्वदेशी वस्तुको प्रवद्धनका लागि विशेष प्राथमिकता दिईएको महोत्सवले स्थानिय उत्पादनको दिगो बजारीकरणमा सहयोग पु¥याउने अपेक्षा आयोजकको रहेको बताउनुभयो । संस्थाकी महासचिव पार्वती अधिकारीले मेलामा स्टल निर्माणकोका काम ७० प्रतिशत सम्म सकिएको बताउनुभयो । उहाले अन्य कामहरु पनि निरन्तर रुपमा अगाडि बढिरहेको बताउनुभयो ।

शुरक्षा निकाय संग छलफल

मेला सञ्चालन गर्नको लागि शुरक्षा निकायका प्रतिनिधी संगपनि छलफल भएको छ । मध्यपश्चिम प्रधान हेडक्वाटरका महाशेनानी किरण राज श्रेष्ठ, प्रहरी कार्यालय देबीनगरका प्रहरी नायब निरीक्षक हुम बहादुर खत्री लगायतको टोलीले आवश्यक शुरक्षा व्यवस्थाको प्रबन्ध गर्ने प्रतिबद्धता जनाएका थिए ।

महोत्सवमा कृषि बनपैदावार, हस्तकला, उर्जा, वायोग्यास, सहित प्रर्यटन प्रवद्धनका स्टलहरुको पनि सहभागिता रहने छ । पेशागत सम्मानको वातावरण निमार्ण गरि लघु घरेलु उद्योग मार्फत युवाहरुलाई स्वरोजगार बनाउने लक्ष्य पनि राखिएको छ ।

महोत्सवमा राष्ट्रिय स्तरका लघु घरेलु तथा साना उद्योगहरुवाट उत्पालदित बस्तु एवं सामाग्रीहरु र प्रदेश ५ को मौलिक संस्कृतिको प्रर्दशनी, कृषि उत्पादन एवं प्रविधिको प्रदर्शनी, स्थानिय पर्यटकीय स्थलको जानकारी मुलक प्रदर्शनी, महिला उद्यामीहरुद्धारा उत्पादित हस्तकलाका सामाग्रि एवं वस्तुहरुको प्रर्दशनी, नविनतम प्रविधि एवं बैकल्पिक उर्जाको प्रदर्शनी,बैक तथा वित्तिय सघ संस्था एवं सेवा प्रदायक सघ संस्थाहरुको प्रर्दशनी,विभिन्न औघोगिक तथा व्यापारिक प्रतिष्ठानहरुवाट उत्पिादित वस्तु तथा सामाग्रिहरुको प्रर्दशनी लगायतका कुराहरु राखिने आयोजकले जनाएका छन् ।

एक करोडको आर्थिक कारोवार एवं ५ लाख दर्शकहरुले अवलोकन गर्ने लक्ष्य राखिएको महोत्सवको तयारी समेत तिव्र बनाईएको छ । फागुन २१ देखि चैत्र २ गते सम्म बुटवल उपमहानगरपालिका वडा न ११ देविनगर रंगशाला नजिकैको खुल्ला मैदानमा महोत्सव सञ्चानल हुने छ ।
जहां ३ सय वढि स्टलहरुको सहभागता रहने र महोत्सवलाई रचनात्मक ढंगले संचालन गरिने बताईएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  ६ : ५२ बजे

२४ औँ स्थापना दिवसमा कपिलवस्तुका १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण

कपिलवस्तु । रोट्रयाक्ट क्लब अफ बुटवल डाउन टाउनले आफ्नो २४

रुरुधाममा पाँच दिनसम्म माघे सङ्क्रान्ति मेला चल्ने

पाल्पा । पाल्पा, गुल्मी र स्याङ्जाको सङ्गमस्थल रुरुधाम क्षेत्रमा माघे

नेत्रविक्रम चन्द र मिराज ढुंगानाबीच चारबुँदे सहमति

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) र मिराज

दलहरू बलिया भए मात्र लोकतन्त्र सबल हुन्छ : शङ्कर पोखरेल

दाङ । एमाले महासचिव शङ्कर पोखरेलले दलहरू बलिया भए मात्र

सुर्खेत र सल्यानमा पाटेबाघको आक्रमणबाट एक सातामा तीन जनाको मृत्यु

सुर्खेत । पाटेबाघको आक्रमणमा परी एक साताभित्र सुर्खेत र सल्यानका