१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

कोरोना जोखिम रोक्ने पूर्वतयारीमा जुट्यो तिलोत्तमा नगरपालिका



तिलोत्तमा । संघीय र प्रदेश सरकार कोरोना भाइरसको जोखिम रोक्न पूर्वतयारीमा जुटिरहँदा स्थानीय सरकारले पनि पूर्वतयारीका काम अघि बढाएका छन् । यसैक्रममा तिलोत्तमा नगरपालिकाले कोरोना भाइरसको जोखिम रोक्ने पूर्वतयारीको सन्दर्भमा सोमबार चिकित्सक र स्वास्थ्यकर्मीहरुसँग छलफल गरेको छ ।

पूर्वतयारीका कामलाई व्यवस्थित बनाउन नगरपालिकाले क्रिमसन अस्पताल र नगरभित्रका सरकारी स्वास्थ्य संस्थाका इञ्चार्जहरुसँग अन्तरक्रियात्मक बैठक गरेको हो । बैठकले क्रिमसन अस्पतालमा कार्यरत फिजिसियन डा. कृष्णचन्द्र गोदारको संयोजकत्वमा स्वास्थ्यकर्मीहरु सम्मिलित पूर्वतयारी समन्वय समिति गठन गरेको छ ।

समितिले कोरोनाबाट बच्ने उपायका सन्दर्भमा जनचेतना अभिवृद्धि, नियन्त्रणका उपाय अवलम्बन र कोही संक्रमित भएमा गरिने उपचारको बारेमा संघीय र प्रदेश सरकारसँग समन्वय गर्नेलगायतका काम गर्नेछ ।

बैठकले आमसञ्चार माध्यम, सामाजिक सञ्जाल, जनप्रतिनिधि, स्वास्थ्य स्वयम्सेविका, विद्यालय, टोल विकास संस्थामार्फत् कोरोना नियन्त्रणका उपायको बारेमा सबैलाई जानकारी गराउने, स्वास्थ्य संस्थामा आवश्यक सर्जिकल तथा मेडिकल उपकरण, औषधिको व्यवस्था मिलाउनेलगायतका निर्णय गरेको छ ।

बैठकमा फिजिसियन डा. गोदारले कोरोना संक्रामक रोग भएको र यसले सबैभन्दा बढी फोक्सोमा असर पुर्याउने बताउनुभयो । उहाँले यसका लक्षणहरु अन्य भाइरल संक्रामक रोगसँग मिल्दोजुल्दो हुने बताउँदै लक्षणको आधारमा बिरामीको उपचार हुने गरेको जानकारी दिनुभयो ।

तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद शर्माले नगरपालिका कोरोना जोखिम रोक्न सबैसँग मिलेर काम गर्न तयार रहेको बताउनुभयो । कार्यक्रममा सेमराबजार स्वास्थ्य चौकीका डा. विनोद बढई, स्वास्थ्य शाखा प्रमुख मोतिप्रसाद पौडेल, सिनियर अहेव अधिकृतद्धय गणेश गौतम, ईश्वरी पौडेल, प्रेस सल्लाहकार बीपी गौतम, क्रिमसन अस्पतालका प्रशासकीय अधिकृत मनमोहन भट्टराई, नर्सिङ्ग सुपरभाइजर अम्बिका ज्ञवालीलगायतले कोरोनाको जोखिम नियन्त्रणका लागि सबैले आआफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

डव्लुएचओले दक्षिण एसियाका भारत, श्रीलंका, पाकिस्तान र अफगानिस्तानलाई समेत कोरोना भाइरसको अति उच्च जोखिम भएको देशको सूचीमा राखेसँगै तीनै तहका स्थानीय सरकारले पूर्वतयारी अपनाएका छन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  ६ : १८ बजे

नेपालगन्ज भन्सारबाट तीन महिनामा पाँच अर्ब २४ करोड राजस्व, लक्ष्य हासिल गर्न असफल

नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन

नेपालको पर्यटन विश्वमाझ पु¥याउन ‘टिकटक’सँग पर्यटन बोर्डको सहकार्य

काठमाडौँ । नेपालका पर्यटकीय गन्तव्यलाई अन्तरराष्ट्रिय सामाजिक सञ्जाललागतय विद्युतीय माध्यमबाट

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक

सिक्टा सिँचाइ आयोजनाद्वारा उपभोक्ता किसानको लगत सङ्कलन

नेपालगन्ज । निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले सिञ्चित क्षेत्रका

अम्बे स्टिल कम्पनीमा पुनः आगलागी, ८ मजदुर घाइते, २ जनाको अवस्था गम्भीर

नेपालगन्ज । अघिल्लो पटक आगलागी भएको १० औ दिनमा बाँकेको