२१ भदौ २०८३, आइतबार | September 7, 2026

अन्नपुर्ण पदमार्ग सुनसान, कोरोनाका कारण पर्यटक आउनै छाडे



मनाङ । विश्वभर फैलिएको कोरोना भाइरसका कारण अन्नपूर्ण पदमार्ग सुनसानजस्तै बनेको छ । लमजुङको सदरमुकाम बेँसीशहरदेखि शुरु हुने चक्रीय अन्नपूर्ण पदमार्ग कास्कीको पोखरा पुगेर समाप्त हुन्छ । विगतका वर्षहरुमा विदेशी पर्यटकको लर्को लाग्ने यो समयमा अहिले पर्यटक देख्नै पाईंदैन । लमजुङ बेँसीशहर हुँदै खुदीभुलभुले, बाहुनडाँडा, जगतच्याम्चे भएर मनाङ आउने पर्यटक ठप्प भएको छ ।

पर्यटनकै भरमा रहेका पर्यटन व्यवसायी र होटल व्यवसायी पर्यटक नआउँदा निराश भएका छन् । पर्यटन व्यवसायी विनोद गुरुङका अनुसार गत वर्ष यो समयमा होटलका कोठाले नपुगेर टेन्टमा पर्यटक राख्नुपरेको थियो, अहिले सबै खाली नै छन् । त्यस्तै गुनासो अधिकांश होटल व्यवसायीको छ । कहिले हिमपात त कहिले माहामारी रोगले यो पदमार्गमा आउने पर्यटक दिनानुदिन घट्दै गएको होटल व्यवसायी मिङ्मार लामाले बताउनुुुभयो । उहाका अनुसार दुई/चार दिन अगाडि एक/दुई जना पर्यटक देखिए पनि अहिले भने सुनसान नै भएको छ । उहाले भन्नुभयो, “पर्यटक आउनुभन्दा पनि रोग सर्ला कि भन्ने डरले सताएको छ ।”

जिल्ला प्रशासन कार्यालय मनाङले विदेशी पर्यटकसँग सचेत रहन र कोरोना भाइरसका बारेमा सचेत रहन आग्रह गरेको छ । त्यस्तै अन्नपूर्ण संरक्षण क्षेत्र मनाङले पनि पर्यटकीय क्षेत्रमा आउने विदेशी पर्यटकसँग सचेत रहन आग्रह गरेको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  १० : ०९ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त