४ श्रावण २०८३, सोमबार | July 21, 2026

दक्षिण कोरियामा कोरोना संक्रमितको संख्या ५ हजार पुग्यो : २८ को मृत्यु



काठमाडौ । दक्षिण कोरियामा कोरोना भाइरस (कोभिड–१९)का संक्रमितहरुको संख्या ५ हजार पुगेको छ । समाचार एजेन्सी एएफपीले जनाएअनुसार दक्षिण कोरियामा ४ सय ७७ जना कोरोनाका नयाँ संक्रमितहरु भेटिएका छन् ।

त्यस्तै कोरोनाको संक्रमणबाट दक्षीण काेरियामा थप दुईजनाको मृत्यु भएको छ । यससँगै उक्त भाइरसका कारण दक्षिण कोरियामा २८ जनाको मृत्यु भइसकेको पुष्टि भएको छ । चीनपछि दक्षिण कोरियामा कोरोनाको संक्रमण बढी देखिएको छ ।

त्यस्तै कोरोनाकै कारण अमेरिकामा सोमबारसम्म ६ जनाको मृत्यु भइसकेको छ । अमेरिकामा हालसम्म कोरोना संक्रमितहरुको संख्या ४३ पुगेको छ ।

विश्व स्वास्थ्य संगठनले कोरोनाका कारण पछिल्लो २४ घण्टामा चीनभन्दा बाहिर १५ सयजना नयाँ संक्रमितहरु भेटिएकाे जनाएकाे छ । कोरोनाका कारण चीनभन्दा बाहिर १ सय २८ जनाको मृत्यु भइसकेको पनि डब्लुएचओले जनाएको छ ।

डब्लुएचओका अनुसार चिनभन्दा बाहिर ६४ देशमा कोरोना फैलिएको छ र ८ हजार ७ सय ७४ जना संक्रमितहरु भेटिएका छन् ।

त्यस्तै कोरोना भाइरस सुरु भएको चीनमा भने मृत्यु हुनेको संख्या २ हजार ९ सय ४३ पुगेको छ । चिनियाँ स्वास्थ्य अधिकारीका अनुसार मंगलबारसम्म यसका संक्रमितको संख्या ८० हजार १ सय ५१ पुगेको छ ।

सोमबार मात्र कोरोनाका कारण चीनमा ३१ जनाको मृत्यु भएको थियो भने १ सय २५ जना नयाँ संक्रमितहरु भेटिएका थिए ।

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  १ : १८ बजे

प्रहरीबाट “लागू औषध मुक्त खजुरा अभियान” संचालन

खजुरा । पछिल्लो समय लागू औषधको मुख्य बजार बन्दै गएको

पूँजीगत खर्चको निराशा र राजस्व सङ्कलनको कमजोरी सच्याउन सचिवहरूलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शतप्रतिशत पूँजीगत खर्च र

विपद्का बेला कार्यालय नछोड्न स्थानीय तहका कर्मचारीलाई निर्देशन

काठमाडौं । देशका विभिन्न भागमा अविरल वर्षा, बाढी, पहिरो लगायतका

कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९३० पुग्यो

बुनिया । कङ्गोमा फैलिएको इबोलाको प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या कम्तीमा