५ चैत्र २०८२, बिहिबार | March 20, 2026

प्रदेश ५ मा कृषि पढेका युवाहरु बेरोजगार बस्न नपर्ने



बुटवल । प्रदेश ५ सरकारको कृषि, भुमि ब्यवस्था तथा सहकारी मन्त्रालयले प्रदेशमा कृषि तथा पशु बिषयमा अध्ययन गरेका युवाहरुलाई अनुदान दिएर कृषि उद्यममा लगाउने भएको छ ।

मन्त्रालयले आज सार्वजानिक गरेको कार्यक्रम अनुसार कृषि तथा बन बिज्ञान बिषयमा अध्ययन गरेका युवाहरुले बिषयगत उद्यम गर्न चाहे सरकारले १० लाख सम्म अनुदान दिने ब्यवस्था गरेको छ ।

मन्त्रालयले आर्थिक वर्ष ०७६/७७का लागि तयार पारेको प्रस्तावहरु जानकारी गराउने उद्देश्यले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रदेश ५ सरकारको कृषि, भुमि ब्यवस्था तथा सहकारी मन्त्री आरती पौडेलले बिज्ञ युवाहरुको जागिरे प्रबृतिलाई परिवर्तन गर्न युवा केन्द्रित अनुदानको कार्यक्रम ल्याईएको बताउनुभयो ।

उहांले संघ, प्रदेश र स्थानीय तहका बिच समन्वय हुन नसक्दा सरकारले गर्न खोजेका कार्यक्रमहरु प्रभावकारी हुन नसकेको बताउंदै बिगतको शिक्षा लिएर आगामी दिनमा समन्ययलाई प्रभावकारी बनाउंदै लगिने बताउनुभयो ।

मन्त्रालयले सार्वजानकी गरेको नयां कार्यक्रमहरुमा प्रदेशका बिभिन्न जिल्लाहरुमा प्राराङ्गारीक उत्पादन क्षेत्र बनाउने , भुमिहिनहरुकालागि ल्याईएको करार खेति कार्यक्रमलाई सबै कृषहरुका लागि खुल्ला गर्ने, चलबन्दी सहितको नमुना कृषि फर्महरुलाई प्रोत्साहन दिने, कृषि बस्तुको प्रशोधन उद्योगको स्थापना गर्ने , च्याउ ग्रामको बिस्तार गर्ने जस्ता कार्यक्रमहरु समावेश गरिएकाछन् । मन्त्रालयले प्रदेशका १२ वटै जिल्लामा हरित स्वयम सेवकहरु प्रिचालन गर्दै सरकारका अनुदानहरु वस्तबिक किसान सम्म पुगे नपुगेको रिपोर्ट लिने ब्यवस्था गरेको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।

गत आर्थिक वर्षमा मन्त्रालयले बितरण गरेको अनदानमा दुरुपयोग भएको भन्द्रै प्रदेश सभाको संसदिय समितीले प्रतिबेदन बुझाएपछि कृषि मन्त्रालयको अनुदान कार्यक्रम आलोचित बनेको थियो ।

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  ४ : ०५ बजे

कक्षाभरि झुसिल्किरा : शिक्षक र विद्यार्थी जीउ कन्याउँदै हैरान

गोरखा । बारपाक सुलिकोट गाउँपालिका–३ खारचोक भञ्ज्याङस्थित अकला आधारभूत विद्यालयका

प्रधानमन्त्री कार्कीद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

जुम्ला । प्रधानमन्त्री सुशीला कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

काठमाडौँ । प्रहरीले जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई

प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रतिमतदाता रु २८४ खर्च

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन

नयाँ प्रधानमन्त्रीको शपथ चैत १३ गते

काठमाडौं । नयाँ प्रधानमन्त्रीको शपथ यही चैत १३ गते हुनेभएको