१३ जेष्ठ २०८३, बुधबार | May 27, 2026

‘हाटबजारको पूर्वाधार विकासमा ध्यान देऊ’



बुटवल । हाटबजार व्यवसायी संघ, रुपन्देहीको १४ औं वार्षिकसाधारणसभा तथा ८ औं अधिवेशन मंगलबार बुटवलमा सम्पन्न भएको छ ।

साधारणसभामा बोल्दै प्रदेश नम्बर पाँचका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री लिला गिरीले राज्यले समय अनुसार ल्याउने करको दायरमा व्यवसायीहरूले पनि बदलिन जरुरी रहेको बताउनुभयो ।

व्यवसायीमा करको दायरा समय सुहाउँदो र तिर्न सक्ने गरी ल्याउने गरेको भन्दै त्यसको सही रुपमा व्यवसायीहरूले तिर्नुपर्ने बताउनुभयो । मन्त्री गिरीले साना व्यवसायीहरूलाई राज्यले धेरै करको भार नथोपर्ने स्पष्ट समेत पार्नुभयो । मन्त्री गिरीले भन्नुभयो, ‘उपभोक्ताले स्वस्थ र विषादी रहित खाद्य वस्तु उपलब्ध हुनुपर्छ । त्यसको लागि विभिन्न काम सरकारले गर्दैछ ।’ मन्त्री गिरीले प्रदेश सरकारले हाटबजारको विकासका लागि सहयोग/सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर चारका वडा अध्यक्ष टंक पराजुलीले हाटबजारको विकासका लागि स्थानीय सरकार सहकार्य गरेर अगाडि बढेको बताउनुभयो । त्यस्तै बुटवल वडा नम्बर ५ का वडा अध्यक्ष तेजप्रसाद सुनारले अर्थतन्त्रलाई चलायमान बनाउन हाटबजारले ठूलो योगदान पु¥याएको चर्चा गर्नुभयो ।

हाटबजार व्यवसायी संघका अध्यक्ष भीमलाल ज्ञवालीलेले स्थानीय तहमा जनजप्रतिनिधिहरु आए पनि हाटबजार क्षेत्रको पूर्वाधार विकासमा ध्यान दिन नसकेको गुनासो गर्नुभयो । ज्ञवालीले हचुवाको भरमा हाटबजारको व्यवस्थापनको लागि टेण्डर खुलाउँदा बजारमा व्यवस्थापनको साटो हजार बजार क्षेत्र भन्दा बाहिर गई ठेकेदारले बैठकी असुल गर्ने प्रवत्तिले बजार व्यवस्थापनमा समस्या देखिएको बताउनुभयो । रुपन्देहीको १ सय २२ स्थानमा हाटबजार सञ्चालन हुँदै आएका छन ।

संघका पूर्व अध्यक्ष प्रकाश खनालले राज्यले हाटबजार व्यवसायीलाई भोट बैंकको रुपमा प्रयोग गरेको बताए । पूर्वाधार नहुँदा खुला आकाशमुनि व्यवसाय गर्न धेरै व्यवसायी बाध्य छन । संघका उपाध्यक्ष छविलाल चापागाईले हाट बजारमा पनि विषादी प्रयोगशाला राख्न आवश्यक रहेको बताउनुभयो । उहाले बजारमा आउने तरकारीको विषादी चेकजाँच भएको पाइँदैन । कार्यक्रममा रुपन्देही व्यापार संघका अध्यक्ष यामलाल लोहनी, नेकपा नगर अध्यक्ष बाबुराम पन्थी, बुटवल उद्योग वाणिज्य संघका उपाध्यक्ष हरि अर्याल, पत्रकार अस्मिना पाण्डे लगायतले बोल्नुभएको थियो ।

सोही अवसरमा हाटबजारको विकास र व्यवसायीको पक्षका कलम चलाएको भन्दै रेडियो मुक्तिका समाचार प्रमुख अस्मिना पाण्डेलाई उत्कृष्ट पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको थियो । रुपन्देहीको सेमराबाट २०२४ सालमा हाटबजारको सुरु भएको मानिन्छ ।

संघका अध्यक्ष भीमलाल ज्ञवालीको अध्यक्षता, उपाध्यक्ष छविलाल चापागाईको स्वागत तथा महासचिव नेत्र पोखरेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  ४ : १५ बजे

गुडिरहेको मोटरसाइकलमा बाघको आक्रमण, ४ जना घाइते

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज खण्डको सडकमा गुडिरहेको मोटरसाइकललाई

दूध किसानलाई रु १२ करोड

काठमाडौँ । दुग्ध विकास संस्थान (डिडिसी)ले भुक्तानी नपाएका दूध किसानलाई

समयसीमाभित्रै महाधिवेशन हुन्छ : कांगेस महामन्त्री घिमिरे

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले नेपाली कांग्रेसको १५औँ

प्रधानमन्त्री माग्दै संसदमा हर्क साम्पाङको विरोध, सभामुखसँग सवालजवाफपछि बैठक बहिष्कार

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीलाई संसदमा

स्वास्थ्यमन्त्री मेहताको भुटानी समकक्षीसँग भेटवार्ता

काठमाडौं । भुटानका स्वास्थ्यमन्त्री लियोन्पो तान्डिन वाङचुकबीच स्वास्थ्य तथा खाद्य