१३ जेष्ठ २०८३, बुधबार | May 27, 2026

खरको छानोमुक्त बनाइँदै तिलोत्तमा नगरपालिका



तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले घरमा खरको छानो भएका नगरबासीलाई टिन दिएर खरको छानोमुक्त नगर बनाउने भएको छ । आर्थिक अभावको कारण खरको छानोमुनि बस्न बाध्य नगरबासीको राहतका लागि नगरपालिकाले खरको छानोमुक्त अभियान चलाउने भएको हो ।

नगर कार्यपालिकाको ८० औं बैठकले खरको छानो प्रतिस्थापन कार्यक्रम सञ्चालन गर्न उपप्रमुख जागेश्वरी चौधरीको संयोजकत्वमा कार्यपालिका सदस्य कृष्णप्रसाद पौडेल र नारायण न्यौपाने सदस्य रहेको कार्यदल गठन गरेको छ । कार्यदलले नगरपालिकामा रहेका खरको छानोयुक्त घरको लगत संकलनपछि वडा समितिको निर्णयअनुसार सिफारिस भई आएका घरधुरीलाई जस्तापाता उपलब्ध गराउनेलगायतका काम गर्नेछ ।
नगरपालिकाले चालु आर्थिक वर्षको बजेटमा खरको छानो प्रतिस्थापन कार्यक्रमका लागि तीस लाख रुपैंयाँ बजेट विनियोजन गरेको छ । कार्यपालिका बैठकले कार्यक्रमका लागि अपुग बजेट अर्को आर्थिक वर्षमा व्यवस्था गरेर भए पनि नगरलाई खरको छानोमुक्त नगरपालिका बनाउने निर्णय गरेको प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिनुभयो ।

तिलोत्तमामा अझै पनि ठूलो संख्यामा खरको छानो भएका घरहरु छन् । सामुदायिक विद्यालयमा दिवा खाजा, रगतको सेवाशुल्क भुक्तानी, दुधमा प्रतिलिटर एक रुपैंयाँ अनुदान, पशु बीमामा अनुदान, गहुँ, मकैं तथा तरकारीको बिउमा अनुदानलगायतका कार्यक्रम चलाउँदै आएको तिलोत्तमाले पछिल्लो कार्यपालिका बैठकबाट खरको छानोभएका नगरबासीलाई जस्तापाताको ओतमा ल्याउने निर्णय गरेको हो ।

नगरपालिकाभित्रका निम्न वर्गका परिवार, जो टिन लगाउन नसकी खरको छानामुनि बसिराख्नुपरेको छ, तिनलाई लक्षित गरेर अभियान सुरु गर्न थालिएको नगर प्रमुख बासुदेव घिमिरेले बताउनुभयो । खरको छानो हुँदा आगलागी हुने जोखिम पनि धेरै भएकोले नगरबासीलाई सुरक्षित बसोबासमा सहयोग गर्न अभियानको थालनी गर्न लागिएको उहाँको भनाई छ । नगरक्षेत्रमा रहेका खरको छानो भएका घरको अध्ययन गरी आवश्यक टिन उपलब्ध गराइने उहाँले बताउनुभयो ।

यसैबीच तिलोत्तमा नगरपालिकाले कोरोना भाइरसको जोखिमलाई रोक्न हात मिलाउनुको साटो नमस्कार संस्कृतिलाई अनुसरण गर्न नगरबासीलाई आह्वान गरेको छ । कार्यपालिका बैठकले स्वास्थ्य शाखाले तयार पारेको कोरोना जोखिम पूर्वतयारी योजनालाई स्वीकृत गर्दै नगर प्रमुखको संयोजकत्वमा पूर्वतयारी निर्देशक समिति गठन गरेको छ । समितिमा उपप्रमुख जागेश्वरी चौधरी, कार्यपालिका सदस्यहरु दुर्गा पाण्डेय, चेतनारायण भण्डारी, सुरेन्द्र श्री, संगीता गुरुङ, मुक्तिनारायण चौधरी, दानबहादुर चौधरी, क्रिमसन अस्पतालका फिजिसिय डा. कृष्णचन्द्र गोदार र सदस्य सचिवमा नगर स्वास्थ्य प्रमुख मोतिप्रसाद पौडेल रहनुभएको छ ।

बैठकले कोरोना भाइरस संक्रमणको शंका लागेका बिरामीको उपचार व्यवस्था मिलाउन वडा नं. १७ स्थित बीपी ग्रामलाई प्रयोगमा ल्याउन सकिने ठहर गर्दै त्यहाँ आवश्यक सर्जिकल, मेडिकल तथा जनशक्ति व्यवस्थापनका लागि संघीय र प्रदेश सरकारसँग सहकार्य गर्ने निर्णय गरेको प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ११ : २९ बजे

गुडिरहेको मोटरसाइकलमा बाघको आक्रमण, ४ जना घाइते

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज खण्डको सडकमा गुडिरहेको मोटरसाइकललाई

दूध किसानलाई रु १२ करोड

काठमाडौँ । दुग्ध विकास संस्थान (डिडिसी)ले भुक्तानी नपाएका दूध किसानलाई

समयसीमाभित्रै महाधिवेशन हुन्छ : कांगेस महामन्त्री घिमिरे

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले नेपाली कांग्रेसको १५औँ

प्रधानमन्त्री माग्दै संसदमा हर्क साम्पाङको विरोध, सभामुखसँग सवालजवाफपछि बैठक बहिष्कार

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीलाई संसदमा

स्वास्थ्यमन्त्री मेहताको भुटानी समकक्षीसँग भेटवार्ता

काठमाडौं । भुटानका स्वास्थ्यमन्त्री लियोन्पो तान्डिन वाङचुकबीच स्वास्थ्य तथा खाद्य