८ कार्तिक २०८३, आइतबार | October 25, 2026

बडादसैँको अन्तिम दिन धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै



काठमाडौं । नेपालीले भव्यरूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम बसेर आजदेखि समापन गरिँदैछ ।

आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो बडा दसैँ पर्व समापन हुन्छ ।

शास्त्रअनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको काम पनि आजै समापन हुने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि समाप्त हुन्छ । आजै जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि पवित्र तीर्थस्थलमा लगी सेलाइन्छ ।

आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात् दसैँ पर्व आम नेपालीले आ-आफ्नो गच्छेअनुसार मनाउँछन् । आजको दिन सायङ्कालमा महालक्ष्मीको पूजा आराधना गरी राती जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिंडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वासका आधारमा यो पर्व मनाउन शुरु गरिएकोे समितिका अध्यक्ष सहप्राडा पुरुषोत्तम भट्टराई बताउँछन ।

माता दुर्गाका तीनवटा रूपमध्येका एक रूप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ । नवरात्र विजयादशमी कै दिन सकिने भएपनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ ।

लक्ष्मीपूजाको १५ दिन अघि महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्व छ । यो पूर्णिमालाई कौमुदी पनि भनिन्छ । आज राति जुवा खेल्ने विधान रहेको उनले बताए । महालक्ष्मीसँगै आज हात्तीमा चढेका इन्द्रको पनि पूजा गर्नुपर्छ ।

कार्तिक स्नान गरी तुलसीको विशेष रूपमा गरिने पूजा आराधना भने कात्तिक ९ गते सोमबारदेखि सुरु हुने समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख गरिएको छ । आकाशदीपदान पनि सोमबार साँझदेखि नै सुरु गरिँदैछ ।

प्रकाशित मिति : ८ कार्तिक २०८३, आइतबार  ७ : २७ बजे

शिखका पहिरो प्रभावित भन्छन्, ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न सहज भयो’

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुनले

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

दमौली । तनहुँमा व्यावसायिक तरकारी तथा धान खेतीको क्षेत्रफल विस्तार

मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

ललितपुर । पाटनमा मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न भएको छ

सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

उदयपुर । त्रियुगा नगरपालिका-११ स्थित सङ्गम टोलमा सवारी साधन (स्कुटर)को

बडादसैँको अन्तिम दिन धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

काठमाडौं । नेपालीले भव्यरूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व