२६ जेष्ठ २०८०, शुक्रबार | June 9, 2023

महिलाले पुरुषको कपाल काट्ने तालिम देबदहमा शुरु



बुटवल । पिस लुम्बिनी कलेज अफ टेक्निकल एजुकेसनको आयोजना र देबदह नगरपालिकाको आर्थिक सहयोगमा महिलाहरूको लागि १ महिने पुरुषको कपाल काट्ने तालिम शुरु भएको छ ।

देबदह नगरपालिकाको उपमेयर सङ महिला कार्यक्रम अन्तरगत बिहिबार देखि शुरु भएको हो । तालिमको उद्घाटन नगरपालिकाका नगर प्रमुख हिरा केसिले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख केसिले महिलाहरुलाई आत्मनिर्भर बनाउन तालिम दिन लागेको बताउनुभयो ।

उहाले सीप लाई ब्यवहारमा लैजान र आय आर्जन गर्न सुझाब दिनुभयो । सीप लिएर घरमा बस्नलाई तालिममा नआउन आग्रह गर्दै तालिमबाट आए मुलक काममा लाग्न आग्रह गर्नुभयो ।

सिकेको सिपले सके स्वदेशमा काम गर्नुपर्ने बताउदै उहाले बैदेशिक रोजगारिमा जान समेत सहयोग पुग्ने बताउनुभयो । महिलामा भएको सिपले नगरको आर्थिक क्रान्तीमा परिवर्तन हुने बताउनुुुभयो ।

उद्घाटन कार्यक्रममा बोल्दै उपप्रमुख बिद्यालक्ष्मी गुरुङ्ले देशको करिब २ तिहाई महिला भएको क्षेत्र भएको बताउदै उहाले महिलाको लागि काम गर्न आवश्यक रहेको महसुस गरेर तालिम सन्चालन गर्दै आएको बताउनुभयो ।

उहाले निर्वाचनमा गरेका वाचाहरु स्वरुप यस्ता तालिम महिलाको लागि बिशेष गरि सन्चालन गरिएको बताउनुभयो । कार्यक्रममा नगरपालिका प्रवक्ता झिल्लु प्र न्यौपाने, प्रमुख प्रशासकिय अघिकृत हरिदत्त कणेल, कलेजका संचालक मोहन ठाकुर, उपमेयर सङ महिला कार्यक्रम सदस्य देबु भट्टराई, बिष्णु केसि लगायतले बोल्दै कार्यक्रमको सफलताको शुभकामना दिनुुुभएको थियो ।

तालिममा ६० जना महिलाको सहभागीता रहेको छ । तालिमको प्रशिक्षण रबि ठाकुरले गर्नुहुने छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहिबार  १२ : २८ बजे

टिकट महँगो भएपछि रत्न मन्दिर छिरेनन् विदेशी

पोखरा । गणतन्त्र दिवसका अवसरमा यही जेठ १५ गते खुला

अझै केही दिन देशभर तापक्रम बढ्ने, यस वर्ष बर्षा पनि कम हुने

काठमाडौं । देशभरको तापक्रम अझै केही दिन रहने मौसम पूर्वानुमान

विकास र समृद्धिको ढोका खोल्छौँ : अध्यक्ष केपी ओली

स्याङ्जा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको

राष्ट्रपति पौडेलसँग स्विस राजदूतको बिदाइ भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग स्विट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापलरले

नागरिकता विधेयक राष्ट्रघाती – मनोज भट्ट

बुटवल । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले राष्ट्रपति रामचन्द्र पौडेलले